ताजा अपडेट »

इराकका प्रधानमन्त्री अब्दुल महदीले गरे राजीनामा दिने घोषणा

शनिबार, १४ मंसिर २०७६, ११ : ५८
18 Shares
शनिबार, १४ मंसिर २०७६
18 Shares

मंसिर १४,

काठमाडौँ । इराकका प्रधानमन्त्री अदेल अब्दुल मेहदीले राजीनामा दिने घोषणा गरेका छन् । उनले आफ्नो राजीनामा पत्र संसदमा पेश गर्ने तयारी गरेको जनाइएको छ । इराकी सिया धर्मगुरुले भ्रष्टाचारविरोधी आन्दोलनले हिंसात्मक रूप लिएपछि मन्त्रीमण्डलमा फेरबदलका लागि सुझाव दिएका थिए ।

इराकमा सरकार परिवर्तनको माग गर्दै दैनिक रूपमा विरोध प्रदर्शन भइरहेपछि उनले शुक्रबार राजीनामा दिने घोषणा गरेका हुन् । ‘मैले प्रधानमन्त्री पदबाट दिएको राजीनामा संसदमा पेस गर्नेछु,’ मेहदीद्वारा जारी वक्तव्यमा भनिएको छ । इराकमा झण्डै दुई महिनादेखि भइरहेको रक्तपातपूर्ण आन्दोलनका क्रममा ४०० भन्दा बढीको मृत्यु भएको छ भने अरु १५ हजार भन्दा बढी घाइते भएका छन् । शुक्रबार मात्रै कम्तीमा १५ जना मारिएको बताइएको छ ।

पछिल्लो विवरण अनुसार दक्षिणी धिकार राज्यको राजधानी नासिरियालगायत देशभरका विभिन्न ठाउँमा भएका झडपमा परी ४५ प्रदर्शनकारी मारिएका थिए । महदी करिब एक वर्षअघि प्रधानमन्त्री बनेका थिए । त्यतिबेला उनले जुन जुन कुरामा सुधारको प्रतिबद्धता गरेका थिए, ती पूरा हुन नसकेपछि गत अक्टोबरबाट उनका विरुद्ध प्रदर्शन सुरु हुन थालेको हो । - एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।