बुटवल । अष्ट्रेलियाको दक्षिण प्रदेश एडीलेडमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान एडीलेड उपशाखा गठन भएको छ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान अष्ट्रेलियाका सचिब प्रकाश सापकोटाको प्रमुख आथित्यतामा बसेको बैठक ले १२ सदिस्सिय कार्यसमिति गठन गरेको हो । जसमा अध्यक्ष मा सबिन भण्डारी चयन भएका छन् ।
साथै उपाध्यक्षमा कविता कंडेल , सचिबमा नवराज भण्डारी, उपसचिवमा सुबाश ज्ञावली र कोषाध्यक्षमा सरद गलामी चयन हुनु भएको छ । साथै सदस्यहरुमा चुम गुरुङ, प्रमोद भण्डारी, आर्यन बलायर, सुमंद्र सापकोटा, लेमोन बंसी ठकुरी, अमृत खड्का, श्याम कुमाई र योगेश सुर्यबंसी चयन भएका छन् । । हामी संगको संक्षिप्त कुराकानीमा नवनिर्वाचित अध्यक्ष भण्डारीले नेपाली कला संस्कृतीको संरक्षण र नेपाली लोक दोहोरीलाई अन्तराष्ट्रिय बजारमा बचाइराख्नका लागि उप-शाखाको गठन गरिएको बताए ।
साथै उनले नेपाली लोकदोहोरीलाई जगेर्ना गर्नु र प्रवधनमा जुट्नु हामी सबैको दायित्व रहेको र त्यही अनुरुप संस्था अगाडि बढ्नेमा प्रतिवद्धता समेत ब्यक्त गरे । संस्थाको सल्लाहकारमा चर्चित लोकदोहोरी गायक तथा मोडेल मेक्सम खाती, गगन गिरी र पुस्कर कोइराला रहेका छन् ।
प्रतिक्रिया