ताजा अपडेट »

तिनाउ बोडिङ्गमा विविध प्रतियोगिता

शुक्रबार, १३ मंसिर २०७६, १७ : २१
34 Shares
शुक्रबार, १३ मंसिर २०७६
34 Shares

मंसिर १३,

ग्लोबल आवाज

वुटवल । बुटवल ११ देविनगरमा अवस्थित तिनाउ इ बोर्र्डिङ्गगमा शुुक्रबार विविध प्रतियोगिताहरु सम्पन्न भएका छन् । जस अन्र्तगत आज शुक्रबार नेपाली लोक तथा सस्कृतिको जर्गेना गर्दैै कक्षा (४-९) मा खुल्ला गायन प्रतियोगिता, प्रिपाइमरी कक्षाहरुमा चित्रकला प्रतियोगिता , तिनाउ इङलिस सोसाइटिको आयोजनामा कक्षा (५-९)को अंगे्रजी निबन्ध लेखन प्रतियोगिता , तिनाउ वाल क्लवको आयोजनामा कक्षा (५-९) कै नेपाली निबन्ध लेखन प्रतियोगिता र तिनाउ जुनिएर रेडक्रस सोसाइटिद्वारा रेडक्रस सम्बन्धी हाजिरिजवाफ प्रतियोगिता र तिनाउ आइटि क्लवद्धारा कम्प्युटर पार्ट प्रदशनी कार्यक्रम सम्पन्न गरेको छ ।

कक्षा (४-९) को खुल्ला गायन प्रतियोगितामा सगरमाथा सदनका प्रविन रसाइलि (९ सन्), माछाप्रच्छे सदनका सागर कार्कि (९ सन्), र कन्चनजङगा सदनकी अंकिता खनाल (९ स्टार) क्रमश प्रथम, द्धितिय र तृतिय भएका छन् । त्यसैगरी प्रिपाइमरि तहको चित्रकला प्रतियोगितामा एल के जी र यू के जी स्टार सन मुन र रोज देखि रोहन साहि, दिपसन् प्रोखेल, साइरस शर्मा, र इभेन्जेलिना रसालि, आर्रजना खनाल, सुुहाना शर्मा, सेलिसा राना र सीमरन भट्टराई क्रमश प्रथम भएका छन् । त्यसैगरी जुनिएर रेडक्रस सोसाइटिद्धारा आयोजित हाजिरिजवाफ प्रतियोगितामा कन्चनजङगा सदनका विकाश जि आर, करिस्मा श्रेष्ठ, सुुप्रिया पुन र रोस्नि बस्नेत प्रथम भएका छन् ।

तिनाउ वाल क्लवद्धारा आयोजित निबन्ध लेखन प्रतियोगितामा कन्चनजङ्गा सदनकी वर्षा पौडेल (८ स्टार) प्रथम, सगरमाथा सदनकी विपासा कुँवर (७ सन्) , द्धितिय र धर्मभक्त सदनकी प्रकृति खत्रि (७ सन्) तृतिय भएका छन् । तिनाउ इङलिस सोसाइटिकोे आयोजनामा आयोजित अंगेजी निबन्ध लेखन प्रतियोगितामा निसा काफ्ले प्रथम, प्रसान्त पौडेल द्धितिय, वर्षा पौडेल तृतिय र रक्षा कार्कि सान्त्वना भएका छन् । सम्पूर्ण विधाहरुमा गरि झण्डै १५० भन्दा बढि प्रतियोगिहरु मध्ये प्रथम, द्धितिय र तृतिय हन सफल करिव ५० जना विद्यार्थिहरुलाई विद्यालयका अध्यक्ष र प्राचार्यले अविर तथा पुरष्कार प्रदान गरेका थिए ।

विद्यालय व्यावस्थापन समितिका अध्यक्ष यज्ञमूर्ति पाण्डेको प्रमुख आथित्यता एवं विद्यालयकी प्राचार्य सिता पाण्डे र विद्यालय संचालक समितिका सदस्य आविस्कार पाण्डेको विशिष्ठ आथित्यतामा भएको कार्यक्रमको सञ्चालनसंचालन कक्षा ९ का विद्यार्थी साजन मल्ल र तिनाउ जुनिएर रेडक्रस सोसाइटिकि इन्चार्ज माट्रिका जि शिले गरेका थिए भने विद्यालयका नेपाली शिक्षक विश्वास भण्डारिले निर्णाकको भुमिका निर्वाह गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।