ताजा अपडेट »

लुम्बिनीको दाङमा सर्पको टोकाइबाट एक जनाको मृत्यु

मंगलबार, २८ असार २०७९, १९ : ३९
46 Shares
मंगलबार, २८ असार २०७९
46 Shares

दाङ । दाङमा सर्पको टोकाईबाट एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर बिरामी भएका छन । मृत्यु हुनेमा राप्ती गाउँपालिका २ लालमटिया बस्ने ६८ वर्षीया सुमित्रा कुमाल रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । मंगलवार आफ्नै बारीमा गएको समयमा नाम नखुलेको सर्पले डसेको प्रहरीले बताएको छ ।

त्यसैगरी सर्पको टोकाईबाट घोराही उपमहानगरपालिका १३ वनगाउँ बस्ने प्रदिप बुढामगर बिरामी भएका छन । मगरलाई दिउँसो ३ बजे बाटोमा हिड्ने क्रममा सर्पले डसेको प्रहरीले बताएको छ । बिरामी मगरको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी