ताजा अपडेट »

अक्सफोर्डका विद्यार्थीद्वारा फुड फेस्टिवल

विहीबार, १२ मंसिर २०७६, १५ : ४८
24 Shares
विहीबार, १२ मंसिर २०७६
24 Shares

मंसिर १२,
ग्लोबल आवाज

बुटवल । रुपन्देहीको बुटवल सुख्खानगर अवस्थित अक्सफोर्ड कलेजका विद्यार्थीहरुले फुड फेस्टिवल मनाएका छन् । कलेजमा बिएजएम/बिआइएम अध्ययनरत बिद्यार्थीहरुले १५ बढी परिकार बनाएर खुवाएका हुन् ।

अक्सफोर्ड कलेजका बिबिएस, बिएडमा अध्ययनरत बिद्यार्थीहरु, प्राधापकहरु, व्यवस्थापन समितिका पदाधिकारी, सदस्यहरु, अक्पोर्ट एकेडमी अन्तर्गतकासम्पुर्ण बिद्यार्थीहरु, आमन्त्रित बाह्य कलेजका प्राधापकहरु तथा बिद्यार्थीको उल्लेख्य सहभागिता रहेको कुरा बिएचएम/बिआइएम कार्यक्रमका संयोजक ओमबहादुर खत्रीले जानकारी दिए । बिद्यार्थीहरुको ब्यवहारिक शिक्षालाई अभिवृद्धि गर्ने हेतुले आयोजना गरिएको कार्यक्रम भव्य र सभ्य ढंगबाट सम्पन्न भएको र त्यसका लागि विद्यार्थी, प्राध्यापक, क्याम्पस प्रमुख एवम् कलेज प्रशासन बिचमा देखिएको सहकार्यले महत्वपुर्ण भूमिका निर्वाह गरेको संयोजक खत्रीले बताए ।

खाना महोत्सवमा बजार मूल्यभन्दा न्यून मूल्यमा खानाका परिकारहरु उपलब्ध गराइएको कार्यक्रम संयोजक तथा बिआइएम तेस्रो सत्रका छात्रा सुधा पाण्डेले जानकारी दिइन् । कलेजका क्याम्पस प्रमुख मनोज मरासिनीले खाना महोत्सव सफल पारेकोमा आयोजक बिद्यार्थी, शिक्षक तथा कलेज परिवारलाई धन्यवाद दिँदै आगामी दिनमा बिबिएम र बिएडतर्फका विद्यार्थीहरुका लागि पनि विभिन्ने व्यवहारिक शिक्षालाई वढावा दिने बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।