मंसिर ११,
ग्लोबल आवाज
काठमाण्डौं । आयुर्वेद क्याम्पसमा क्याम्पस प्रशासन एवं आन्दोलनरत स्ववियु पदाधिकारीहरुबिच भएको वार्ता अनिश्चितकालको लागी स्थगित भएको छ।
स्ववियुका कार्यवाहक अध्यक्ष डा.सरोजमणि पोख्रेलका अनुसार क्याम्पस प्रमुख स्ववियुको मागप्रति गम्भीर नभएको र वार्ताको क्रममा नै क्याम्पस प्रमुखले तुच्छ शब्दसहित गाली गरी विद्यार्थीहरूको अपमान गरेकाले वार्ता बिना निष्कर्ष टुङ्गिएको बताएको छन् । 'स्ववियुद्वारा वर्षौ देखि नै उठाईरहेको मागहरूलाई बेवास्ता गरी क्याम्पसलाई यथास्थितिमा राख्ने नियत देखिएको छू, उनले बताए। 'क्याम्पस प्रमुखले आफ्नो व्यवहारप्रती आत्मालोचना सहित माफी नमागेसम्म पुनस् वार्तामा बस्ने छैनौँ। हाम्रो मागहरू शतप्रतिशत पुरा नभएसम्म तालाबन्दी यथावत नै रहने छ।'
स्ववियुले ५ दिनको अल्टिमेटम दिएर विभिन्न विभागहरूमा रिक्त पदहरुको एकमुष्ट विज्ञापन हुनुपर्ने, बद्नियतपुर्वक निश्चित व्यक्तिहरुलाई पद(स्थापित गर्नेगरी खोलिएको विज्ञापन खारेज गर्नुपर्ने, करारमा नियुक्ति गर्दा त्रिवि तथा आईओमका प्रतिनिधिहरू समेत राखी परीक्षा संचालन गर्नुपर्ने, महिला छात्रावासको स्थायी भवन निर्माण हुनुपर्ने, त्रिवि अन्तर्गत आयुर्वेद अध्ययन संस्थानको गठनमा गर्नुपर्ने लगायतका मागहरू पुरा नभएकोले क्याम्पस प्रशासनमा तालाबन्दी भएको थियोे।
क्याम्पसमा आयुर्वेद स्नातक ब्याचलर अफ आयुर्वेदिक मेडिसिन एण्ड सर्जरी (बी.ए.एम्.एस्.) तथा स्नातकोत्तर एम.डी. काया-चिकित्सा विषयको पठन-पाठन हुनेगरेको छ।
प्रतिक्रिया