ताजा अपडेट »

रेसुङ्गामा अर्को सपनाः प्यारा ग्लाइडिङ्गदेखि जिपलाइनसम्म

शनिबार, ११ असार २०७९, ११ : ५८
50 Shares
शनिबार, ११ असार २०७९
50 Shares

गुल्मी । गुल्मीका पूर्वमन्त्री तथा सांसद प्रदिपकुमार ज्ञवालीले रेसुङामा केवुलकार सन्चालनको सपना देखेको धेरै भयो । नेता ज्ञवालीले एकचोटी चन्द्रागिरी केवुलकार प्रालिका संचालक चन्द्र ढकाललाई देखाउन पनि ल्याए । त्यो कुरा अहिले हराएको छ । अब फेरि काङ्ग्रेस नेता रहेका रेसुङ्गा नगरपालिका मेयर खिलध्वज पन्थीले शुक्रबार नगर सभामा पेश गरेको नीति, कार्यक्रम तथा बजेटमा पनि रेसुङ्गा धार्मिक क्षेत्रको विकासमा अर्को सपना देखिएको छ ।

भौतिक विकास तर्फको बुँदा नम्वर १८६ मा निजि क्षेत्रको लगानीमा पर्यटनलाई बढवा दिन रेसुङ्गा क्षेत्रमा जिपलाइन, बन्जिजम्प, प्याराग्लाइडिङ्ग, घोड चढी जस्ता साहसिक खेलहरुसँग सम्बन्धित पूर्वाधारहरुको सम्भाव्यता अध्ययन गरी डिपिआर निर्माण गरिने छ भनि उल्लेख गरिएको छ । त्यस्तै अर्को बुँदामा गर्जुरामा निर्माणधिन पार्क सम्पन्न भए पश्चात् तथा उनायचौर पार्क ट्रिहाउस र अर्जुन पर्यटकीय पार्कहरुलाई राजश्व संकलन हुनेगरी सरकारी, निजि साझेदारी कार्यक्रम मार्फत संचालन गरिने उल्लेख छ ।

वर्षऔंदेखि अलपत्र रहेको रेसुङ्गा सर्किट (रिङ्ग रोड) निमार्ण गरिने लगायतका कार्यक्रमहरु पनि राखिएको छ । माथी रेसुङ्गामा पर्यटन पुर्वधारको विकाससंगै तल तम्घास बजारमा हरित शहरको निर्माण र ग्रिन सिटीको अवधारणा पनि अगाडी सारारिएको छ । यसपालीको बजेट भाषणमा मेयर पन्थीले अगाडी सारेका केहि महत्वकाँक्षी योजनाहरु पूरा नभएसम्म जनताका लागि सपना जस्ता लाग्ने गरे पनि परिकल्पना गर्नु, सकेसम्म आफ्नै कार्यकालमा सम्पन्न गर्नु, यदि त्यसो नभए ति योजनाहरु सुरु गर्न सक्नु पनि मेयर पन्थी सहितका जनप्रतिनिधीहरुका लागि सफल कार्यकाल मानिने स्थानीयको धारणा छ ।

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार