व्यवहारिक हिसाबले शरीर, मन र भावनालाई सन्तुलित गर्ने र तालमेल मिलाइराख्ने एक साधन हो, योग । यस्तो योग आसन, प्राणायाम, मुद्रा बँध र षट्कर्म एवं ध्यानको अभ्यासबाट प्राप्त हुन्छ ।
योगले शरीरको अंग, मांशपेशी, नसालाई चुस्त र तन्दुरुस्त राख्ने काम गर्छ ।
शारीरिक एवं मानसिक उपचारमा योग सर्बोत्तम बिकल्प हो । यो यति शक्तिशाली एवं प्रभावकारी यसकारण हुन्छ कि, यसले सद्भाव र एकीकरणको सिद्धान्तमा काम गर्छ ।
मधुमेह, उच्च रक्तचाप, दम, युरिन एसिड, पाचन विकार, बाथ जस्ता रोगको नियन्त्रण एवं निदानका लागि योग अपरिहार्य छ । मानसिक तथा शारीरिक विकार हटाएर शरीरलाई स्वस्थ्य बनाउन योगले महत्वपूर्ण काम गर्छ ।
योगको नियम
योग गर्ने भन्दैमा जथाभावी गर्नु राम्रो हुँदैन । हरेक कुराको आफ्नै विधी, नियम र तौर तरिका हुन्छ । योग पनि सिलसिलाबद्ध ढंगले गर्नुपर्छ ।
१. कुनै गुरुको निर्देशन एवं परामर्शमा योग अभ्यास सुरु गरौं ।
२. सूर्योदय वा सूर्योअस्तको समयमा योग गर्नु ठीक हुन्छ ।
३. योग गर्नुअघि स्नान गर्नु सर्बोत्तम हुन्छ ।
४. योग खाली पेट गरौं । योग गर्नु २ घण्टाअघि केहि नखाने ।
५. योगका लागि आरमदायक सुती कपडा लगाउनु राम्रो हो ।
६. तन जस्तै मन पनि स्वच्छ हुनुपर्छ । योग गर्नुअघि नराम्रो बिचार त्याग्नुपर्छ ।
७. कुनै शान्त वातावरण र सफा स्थानमा योग गरौं ।
८. योग गरिरहँदा धैयता र दृढता आवश्यक हुन्छ ।
९. निरन्तर योग अभ्यास जारी राखौं ।
१०. योग गरिसकेको ३० मिनेटसम्म केहि नखाने ।
११. प्राणायाम जहिले पनि आसन अभ्यास पछि मात्र गर्ने ।
१२. यदि कुनै रोग छ भने चिकित्सको सल्लाह लिएर मात्र योग थाल्नुपर्छ ।
१३. योगअभ्यासको अन्त्यमा शवासन गर्नैपर्छ ।
योगको प्रकार
योग चार किसिमको हुन्छ, राज योग, कर्म योग, भक्ति योग र ज्ञान योग ।
योग कहिले सुरु गर्ने ?
योग गर्नका लागि सूर्योदयअघिको एक वा दुई घण्टा सबैभन्दा राम्रो हुन्छ । यदि बिहान सूर्योदयअघि योग गर्न सकिएन भने सूर्योस्तको समयमा पनि योग गर्न सकिन्छ ।
योग गर्नुअघि मनलाई शान्त राख्नुपर्छ । सम्पूर्ण ध्यान योगमा केन्द्रित गर्नुपर्छ ।
– योगअभ्यास धैर्यतापूर्वक गर्नुपर्छ । यदि शरीर लचिलो छैन भने जबरजस्तै कुनैपनि आसन गर्नु हुँदैन । बरु, विस्तारै बिस्तारै अभ्यास गर्नुपर्छ ।
– सुरुमा त्यही आसन गर्नुहोस्, जुन तपाई सजिलैसँग गर्नुहुन्छ ।
– सूरुवातमा दुई आसनको बिच केहि सेकेन्ड आरम गर्नुपर्छ ।
– आसन गरेको समय सास लयबद्ध हुनुपर्छ ।
– मासिक धर्मको बेला वा गर्भावस्थामा योग गर्दा गुरुको परामर्श आवश्यक हुन्छ ।
– १० बर्षभन्दा कम उमेरका बच्चालाई जबरजस्ती कुनैपनि आसन गर्न लगाउनु हुन्न ।
– योगसँगै खानपानमा संयम अपनाउनुपर्छ ।
– पुरा निन्द्रा लिनुपर्छ । शरीरलाई व्यायाम र पौष्टिक आहारका साथै आरमको पनि जरुरी हुन्छ ।
प्रतिक्रिया