ताजा अपडेट »

नि:शुल्क एम्बुलेन्सका लागि युएईमा सांस्कृतिक कार्यक्रम

विहीबार, ०२ असार २०७९, १७ : २०
16 Shares
विहीबार, ०२ असार २०७९
16 Shares

युएई । नेपालका सातै प्रदेशमा निशुल्क एम्बुलेन्स सेवा संचालनका लागि युएईमा बृहत् सांक्कृतिक कार्यक्रम आयाेजना हुने भएकाे छ । ड्रिम हाई नेपाल ईभेन्ट म्यानेजमेन्ट कम्पनीको आयोजनामा आगामी अगष्ट २१ तारिख दुबईको वर्ड ट्रेड सेन्टरमा आयोजना हुने कार्यक्रमको नाम 'नेपाल ईभ टुरिजम टुर दुबई - २०२२' दिइएको छ।

साे कार्यक्रममा महानायक राजेश हमालसहितको सहभागीतामा दर्जन ख्यातिप्राप्त कलाकारहरूले प्रस्तुति दिने बताइएकाे छ । अझैपनि देशका ग्रामिण ठाउँमा एम्बुलेन्स सेवाकाे पहुँच नभएकाे भन्दै मानवीय सेवाको उद्देश्य राखि नेपाल बाहिर विभिन्न देशमा यस्ता कार्यक्रम आयाेजना गरिएकाे ड्रिम हाई संचालक बिकाश खतिवडाले जानकारी दिए । कला संस्कृतिकाे प्रबर्द्धन गर्दै युवाहरूलाइ समेत सामाजिक कार्यमा प्रेरणा दिनका लागि कार्यक्रम आयाेजना गरिएकाे उनकाे भनाई छ । नेपालमा खतिवडा सहित कमल जिसि र बिजय बस्यालले यस अभियानकाे सुरूवात गरेका छन् ।

कार्यक्रमलाई दुबईमा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) ले संयोजन गरिरहेको छ । महानायक राजेश हमालसहित नेपालका १० प्रसिद्ध कलाकारहरुले एकैसाथ युएईमा पहिलोपटक प्रस्तुति दिन गइरहको ईनास युएईका अध्यक्ष एमडी बोहराले जानकारी दिए ।

चर्चित नायिका स्वस्तिमा खड्का, केकी अधिकारी, गायक शिव परियार, सन्दीप क्षेत्री, खेम सेञ्चुरी, गायिका सुनिता दुलाल, मोडल अञ्जली अधिकारी, तेरिया मगर र गायिका स्मिता दाहालको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ।

दुबईको वर्ल्ड ट्रेड सेन्टरमा अवस्थित ५ हजार दर्शक अट्ने हलमा आयोजना हुने कार्यक्रमका लागि प्लाटिनम, गोल्ड, सिल्भर र ब्रन्ज गरी ४ प्रकारका टिकटको व्यवस्था गरिएको छ । कार्यक्रममा सहभागीता जनाउनेहरुका लागि युएईका सबै राज्यबाट नि:शुल्क बसको व्यवस्था गरिएको बताइएको छ।

अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्यटन प्रवर्द्धन, कला संस्कृतिको सम्वर्द्धन तथा प्रचारप्रसारका लागि ड्रिम हाई नेपालले 'नेपाल ईभ : टुरिज्म टुर' नाम दिएर यो कार्यक्रम भारतसहित जापान, हङकङ, कतार, मलेसिया र बेलायतमा आयोजना गरिएकाे छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।