ताजा अपडेट »

१६ किलो गाँजासहित तीन जना पक्राउ

बुधबार, ०१ असार २०७९, १७ : ०५
14 Shares
बुधबार, ०१ असार २०७९
14 Shares


हेटौंडा । प्रहरीले १६ किलो गाँजासहित मकवानपुरकाे हेटाैंडाबाट तीन जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले हेटौंडा-१९ वस्तीपुरस्थित पूर्व पश्चिम राजमार्गअन्तर्गत मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना१ज १६५६ को माईक्रो बसलाई चेकजाँच गर्ने क्रममा माईक्रोमा सवार तीन जनालाई गाँजासहित पक्राउ गरेको मकवानपुर प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा हेटौंडा-१९ का ४० वर्षीय किताबसिं गोले, राक्सिराङ गाउँपालिका वडा नम्बर १ का ३२ वर्षीय बिक्रमकुमार गोले र सोही ठाउँका ३४ वर्षीय कुमार घ्यावा रहेका छन् । पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिएर आवश्य अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक रामचन्द्र घिमिरेले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।