बुटवल । बुटवल –१२ पिस पार्क रमाइलो मेला–२०७९ ढवाहामा लाग्ने भएको छ । पिसपार्क लगाएत सो क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने भन्दै जय माता दि एम्यूजमेण्ट प्रा.लि.ले १० दिने मेला आयोजना गरेको हो । जेठ १९ गतेदेखि २९ गतेसम्म चल्ने मेला बारे आयोजकले बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
बुटवल–१२ ढवाहा पीस पार्क क्षेत्रमा लाग्ने रमाइलो मेलाको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्ने कार्यक्रम छ । २९ गतेसम्म चल्ने मेलामा ७० भन्दा बढी राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहने छ । पीस पार्क क्षेत्रको प्रचार–प्रसार गर्दै संस्कृति संरक्षणको लागि मेला आयोजना गरिएको प्रालिका प्रबन्ध निर्देशक राजवीर जैसवालले बताए।
सो अवसरमा मनकामना युवा क्लबका सल्लाहकार मधु पुलामीले ढवाहामा पहिलोपटक आयोजित मेलाले त्यस क्षेत्रको विकासमा टेवा पुग्ने बताए । कार्यक्रममा क्लबका अध्यक्ष दीपक पुन, सल्लाहकार ढुण्डीराज खनाल,किरण खनाल लगाएतले बोल्दै पहिलोपटक हुन लागेको मेला सफल बनाउन सबैको सहयोग रहने बताए।
मेला सम्पन्न गर्न ४० लाख खर्च लाग्ने आयोजकको अनुमान छ । मेलामा १ सय स्टल स्टलहरू रहने र डेढ लाख दर्शकले अवलोकन गर्ने आयोजकको दाबी छ । मेलाको सहयोगीमा बुटवल उपमहानगरपालिका, मनकामना युवा क्लब,बुटवल वडा न–१२ कार्यालय,ग्लोबल पीस पार्क रहेका छन् । मेलाबाट भएको आम्दानीबाट वृद्धाआश्रम तथा अनाथ आश्रममा सहयोग गरिने आयोजक संस्था जय माता दि एम्यूजमेण्ट प्रा.लि.का निर्देशक राजवीर जयसवालले बताए ।
प्रतिक्रिया