ताजा अपडेट »

अमेरिकाको टेक्सासमा नेपाली भाषा कक्षाको दिक्षान्त समारोह

बुधबार, १८ जेठ २०७९, ०९ : ५४
32 Shares
बुधबार, १८ जेठ २०७९
32 Shares

टेक्सास (अमेरिका)। टेक्ससको फोटवर्थ शहरमा संचालन भएको नेपाली पाठशालामा अध्ययनरत् विद्यार्थीहरु दिक्षित भएका छन् । स्थानीय समाजसेवी तथा एनआरएनए अमेरिका टेक्सस च्याप्टरका बोर्ड सदस्य छबि हुमागाईको सक्रियतामा संचालन भएको नेपाली पाठशालामा विभिन्न तहमा अध्ययनरत् विद्यार्थीहरु दिक्षित भएका हुन् ।

दिक्षित विद्यार्थीहरुलाई एक कार्यक्रमका विच मेडल तथा अवार्ड प्रदान गरिएको थियो । नेपालमा रहँदा समेत शिक्षण पेशामा संलग्न हुमागाई र उहाँको परिवारको सक्रियतामा नेपाली भाषा, नैतिक शिक्षा र संस्कृति सिकाउने उद्देश्यले संचािलत पाठशालामा आसपासका झण्डै तीन दर्जन विद्यार्थी अध्ययनरत् थिए ।

विद्यार्थीहरुले दिक्षान्त समारोहमा विभिन्न श्लोकहरु वाचन गर्नुका साथै पाठशालामा सिकेको कुराहरु प्रस्तुत गरेका थिए । अमेरिकामा हुर्किरहेका आफ्ना बाल बालिकाहरुलाई नेपालसँग जोड्नका लागि अति आवश्यक भाषा, नैतिक शिक्षा र संस्कृति सिकाउनका लागि संचालित पाठशालामा अध्ययन गरेका आफ्ना बालबालिकाहरुले दिक्षान्त समारोहमा गरेको प्रस्तुतीवाट अभिभावकहरु खुशी भएका थिए ।

अभिभावक हेमा पौडेलको अध्यक्षता तथा शिक्षक छविलाल हुमागाईको संचालनमा भएको दिक्षान्त समारोहमा नेपाली ग्लोबल स्कुलका प्रिन्सिपल विजय राज भट्टराई, नेपाल सांस्कृतिक तथा आध्यात्मिक केन्द्रका बोर्ड अफ ट्रस्टीका अध्यक्ष बिनय अर्याल, नेपाली पत्रकारहरुको संस्था नेपाल अमेरिका पत्रकार संघकाका महासचिव सुरज भण्डारी, एनआरएनए टेक्सास च्याप्टरका अध्यक्ष सोफिन थापा तथा अभिभावकहरु प्रमिला सुवेदी, राधा अधिकारी, निशा श्रेष्ठ, राजेश अधिकारी, कृष्ण अर्याल, गोबिन्द आत्रेय लगायतले धारणा राख्दै प्रबासमा आफूलाई चिनाउने माध्यम भनेको हाम्रो भाषा र संस्कृति नै भएकाले यसको संरक्षण, सम्वद्र्दन र पुस्तान्तरणका लागि सबै गम्भिर बन्नुपर्नेमा जोड दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।