मंसिर ७,
काठमाडौँ । गुगल र फेसबुकको ‘बिजनेस मोडेल’ मानवअधिकारका लागि खतरा भएको मानव अधिकारवादी अन्तर्राष्ट्रिय संगठन एमनेस्टी इन्टरनेशनलले चेतावनी दिएको छ ।
गुगल र फेसबुकले गर्ने ‘व्यक्तिगत निगरानी’बारे एमनेस्टीले जारी प्रतिवेदनमा चिन्ता व्यक्त गरिएको छ । ती सामाजिक सञ्जालको यस्तो गतिविधिले मानव अधिकारलाई हानी पुग्ने अवस्था सिर्जना भएको एमनेस्टीले दाबी गरेको हो । फेसबुक र गुगलले व्यक्तिगत विवरणलाई कसरी उनीहरुकै विरुद्ध प्रयोग गरेका छन् भन्ने प्रमाण प्रतिवेदनमा पेश गरिएको थियो । फेसबुक र गुगलले भने एमनेस्टीको यस्तो प्रतिवेदनमा पेश गरिएका दाबीलाई अस्वीकार गरेका छन् । गुगलले आफ्ना प्रयोगकर्ताको ‘पर्सनल डाटा’ सुरक्षा संवेदनशील भन्दै आफू त्यसमा संवेदनशील रहेको जनाएको छ । फेसबुकले भने मानव अधिकारलाई आफूले झन सशक्त बनाएको छ ।- एजेन्सी
प्रतिक्रिया