ताजा अपडेट »

सिमा रक्षा लागि विद्यार्थीहरुको चासो

शुक्रबार, ०६ मंसिर २०७६, १७ : ४३
26 Shares
शुक्रबार, ०६ मंसिर २०७६
26 Shares

मंसिर ६,
ग्लोबल आवाज

बुटवल । बुटवल ११ देविनगरमा अवस्थित तिनाउ इ. बोर्र्डिङ्गगमा शुुक्रबार विविध प्रतियोगिताहरु सम्पन्न भएका छन् । जस अन्तर्गत तिनाउ सचेतना क्लवको आयोजना तथा तिनाउ साहित्य वाटिका र तिनाउ वाल क्लवको समायोजनमा कक्षा ६–९ सम्म सिमानाको रक्षामा हाम्रो भूमिका शिर्षकमा खुला वक्तृत्वकला प्रतियोगिता तथा प्रि पाइमेरि तहमा Show and Tell प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगितामा बोल्दै विभिन्न प्रतियोगीहरुले आफ्ना विचारहरु प्रस्तुत गर्दै सधैभरी भारतको विस्तारवादी नितिबाट नेपाली डराउनुपर्ने अवस्था आएको भन्दै प्रजातन्त्र, गण्तन्त्र स्थापनाको लागि विद्यार्थीले गरेका प्रयासलाई मध्यनजर गर्दै सिमा रक्षा र मिचिएको भूमि फिर्ता गर्न विद्यार्थीहरुको पनि महत्वपूर्ण भूमिका रहने बताएका थिए । राष्ट्रिय सवालका विषयमा आम नेपाली जनताहरु एक भए बाह्य राष्ट्रले हेप्न नसक्ने भएकालेसबै एक हुनुको विकल्प नभएको बताएका थिए ।

प्रतियोगितामा ७० भन्दा बढि विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा नमिता थापा ८ स्टार सनबाट प्रथम, वर्षा पौडेल ८ स्टारबाट द्धितीय, आरोग्य ज्ञवाली ९ स्टारबाट तृतीय र विश्वास महतो ८ स्टारबाटै सान्त्वना स्थान हासिल गरेका थिए भने प्रि पाइमेरि तहमा नर्सरी स्टारबाट अन्न्या केआर सोनी, नर्सरी सनबाट रिदम सापकोटा, नर्सरी मुनबाट सरिता सुवेदि र नर्सरी रोजबाट प्रियन्जन गौतम प्रथम भएका थिए, एलकेजी स्टारबाट प्रिन्स खरेल, एलकेजी सनबाट प्रयुस कुवार एलकेजी मुनबाट प्रतिक हमाल एलकेजी रोजबाट यसराज तिमिलसेना प्रथम भएका थिए र यूकेजी स्टारबाट सक्सेस श्रेष्ठ, यूकेजी सनबाट खुसी थापा, यूकेजी मुनबाट आरुसी श्रेष्ठ र यूकेजी रोजबाट बिआर के.सी प्रथम भएका थिए ।

त्यसैगरी विभिन्न प्रतियोगितामा प्रथम द्धितीय र तृतीय हुुन सफल विद्यार्थीहरुलाइ विद्यालयका संस्थापक अध्यक्ष यज्ञ मुुर्ति पाण्डेले पुुरस्कार प्रदान गर्दै विद्यार्थीहरुको आफ्नो देशप्रतिको चिन्ता र सिमा सुरक्षाका निम्ति चासो राखेकोमा खुसि व्यक्त गरेका थिए । त्यसैगरी विद्यालयका प्राचार्य सिता पाण्डेले विद्यार्थीहरुलाई पढाईका अलवा अतिरीक्त क्रियाकलापहरुमा सहभागी गराउँदै विद्यार्थीहरुमा बोल्ने बानीको विकाश हुुने बताउँदै मानसिक, वौधिक क्षमतामा वृद्धी हुुने र कुुशल नेत्तृत्व गर्न सहजीकरण हुने बताइन् ।

तिनाउ साहित्यवाटिकाका अध्यक्ष सत्यम ज्ञवालीकोे अध्यक्षता एवं कक्षा ९ मा अध्यानरत साजन मल्ल र रक्षा कार्कीले कार्यक्रमको सञ्चालन गरेका थिए भने नेपाली शिक्षक विश्वास भण्डारी र तिनाउ सचेतना क्लवका इन्चार्ज नारायण ज्ञवालीले निर्णायकको भुुमिका निर्वाह गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।