मंसिर ६,
काठमाडौँ । केही महिना अगाडि नेपाली बजारमा भित्रिएको क्रसफायर जिआर ७ दुई भेरियन्टमा बिक्री भैरहेको छ । कम्पनीको आधिकारिक वितरक क्लासिक ह्वील एक्सपोर्ट एन्ड इम्पोर्टले क्रसफायरका मोटरसाइकल बिक्री गर्दै आएको छ । कम्पनीले जिआर ७ को डर्ट भेरियन्ट ५ लाख २७ हजार र मोटार्ड ५ लाख ३७ हजार रुपैयाँमा बिक्री गरिरहेको जनाएको छ ।
यसमा उपलब्ध २५० सीसी लिक्वीड कुल्ड इन्जिनले अधिकतम ३०.१५ बिएच पावर उत्पादन गर्छ भने, २३ एनएम टर्क उत्पादनको क्षमता राख्दछ । यसको इन्जिनमा ६ स्पीड गियरबक्स लगाइएको छ । यो बाइकमा १० लिटर इन्धन क्षमताको फ्युल ट्यांकी लगाइएको छ । कुल तौल १०७ किलोग्राम भएको यस बाइकमा ३३० एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ भने, ९४० एमएमको सिट हाइट रहेको छ । यसको फ्रन्टमा यूएसडी सस्पेन्सन लगाइएको छ भने, हेलोजन हेडलाइट, टेललाइट, एलइडी टर्न लाइट जोडिएको छ । जिआर ७ मा वेभी डिस्क ब्रेक लगाइएको छ भने १८ इन्चको अलोय ह्वील जडान गरिएको छ । बाइकको दुबै भेरियन्टमा स्ट्रङ सक याब्जर्बर, एडजस्टेबल रि बाउन्ड, सीएनसी ट्रिपल क्लाम्प, पिलन सपोर्ट ह्यान्डल, स्किड प्लेट, फ्लेक्जीबल होइज कोल्स, सेल्फ क्लिनिङ फुटपेज लगायतका फिचर समेटिएका छन् ।
त्यस्तै, बाइकमा अपसाइड डाउन फर्क, डिजीटल इन्स्ट्रुमेन्ट डिस्प्ले, ब्रेम्बो ब्रेकिङ सिस्टम लगायतका विभिन्न विशेषता दिइएको छ । डर्ट बाइकको बजार बिस्तार भैरहेको अवस्थामा भित्रिएको जिआर ७ले छोटो समयमा नै राम्रो बजार पाइरहेको कम्पनीले जनाएको छ । विशेषत युबापुस्ताको रोजाइमा पर्ने जिआर ७ हाल ६० प्रतिशत डाउनपेमेन्टमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।कम्पनीले अधिकतम २ वर्षका लागि १६ प्रतिशत ब्याजदरमा बाइक उपलब्ध गराउने जनाएको छ । - मेरोअटो
प्रतिक्रिया