ताजा अपडेट »

क्याम्पसमा तालाबन्दी, पदपूर्ति विज्ञापन खारेजीको माग

विहीबार, ०५ मंसिर २०७६, १२ : ५०
18 Shares
विहीबार, ०५ मंसिर २०७६
18 Shares

मंसिर ५,

ग्लोबल आवाज

काठमाडौँ । आयुर्वेद क्याम्पस तथा शिक्षण अस्पताल कीर्तिपुरमा शिक्षक नियुक्ति प्रक्रिया प्रतिस्पर्धात्मक र पार्दर्शी हुनुपर्ने भन्दै ७ सुत्रीय माग राखी स्वतन्त्र विद्यार्थी युनियनले मंगलबारबाट क्याम्पस प्रशासनमा अनिश्चितकालीन तालाबन्दी गरेको छ ।

यहि कार्तिक २७ गते क्याम्पसले शिक्षक सहायक पदको लागि प्रकाशित गरेको थियो।उक्त विज्ञापन मार्फत सिमित व्यक्तिलाई मात्र फारम भर्न मिल्ने गरि नियतवश अन्य व्यक्तिहरूलाई वञ्चित गरेको ठहर गर्दै युनियनले विरोध जनाएको हो । हाल क्याम्पसका सम्पूर्ण विभागहरूमा शिक्षकहरू रिक्त छन तर क्याम्पस प्रमुखले आफू निकट व्यक्तिहरूलाई करारमा राख्ने नियतले शल्य विभाग, रोग तथा विकृति विज्ञान र द्रव्यगुण विज्ञान विभागको लागी मात्र विज्ञापन प्रकाशन गरेको स्ववियू सहसचिव हेमन्त गौतम बताएका छन् ।

हामिले २७ गते प्रकाशित विज्ञापनको खारेजको माग गर्दै ५ दिनको अल्टिमेटम क्याम्पस प्रमुख समक्ष पेश गरेका थियौं । तर अन्तिम दिनसम्म पनि क्याम्पस प्रशासनले सहमतिको लागि पहल नगरेकोले तालाबन्दी गर्न बाध्य भयौं, गौतम बताउँछन् । स्ववियूको विज्ञप्तिमा क्याम्पसमा स्नातकोत्तर अध्ययन अध्यापनको सुरुवात हुनुपर्ने, छात्राबासको भवनको निर्माणको सुरुवात हुनुपर्ने, अस्थायी छात्राबासको सिट संख्या बृद्धि गरिनुपर्ने र त्रिवि अन्तर्गत आयुर्वेद अध्ययन संस्थान (आईओए) स्थापनाका लागि सक्दो पहल हुनपर्ने आदि मागहरु रहेका छन् ।

विद्यार्थीहरुले ५ दिनको अवधिमा क्याम्पस प्रशासनबाट कुनै पनि सकारात्मक पहल नभएको अवस्थामा आन्नदोलनका थप कार्यक्रम अगाडी बढाउने चेतावनी दिएका छन् । आन्दोलनका कारण सम्पुर्ण विद्यार्थी, शिक्षक, कर्मचारी, सेवाग्राही प्रति पर्न जाने नकारात्मक असर प्रति क्याम्पस प्रशासनले नै जिम्मा लिनुपर्न विज्ञप्तिमा उल्लेख छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।