ताजा अपडेट »

शिवपुर माविमा प्राविधिक शिक्षा सञ्चालन गर्न महायज्ञ

बुधबार, ०४ मंसिर २०७६, १७ : ३९
32 Shares
बुधबार, ०४ मंसिर २०७६
32 Shares

मंसिर ४,

ग्लोबल आवाज

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं- ११ मा रहेको शिवपुर माविमा प्राविधिक विषय सञ्चालन गर्न महायज्ञ आयोजनाको तयारी तीब्र पारिएको छ । यहीँ मंसिर १८ गतेदेखि २६ गतेसम्म श्रीमद्भागवत् विशिष्ट धन–धान्याचल विराट ज्ञान एवम् विश्वशान्ति महायज्ञ आयोजना गरिने भएको हो । महायज्ञमा भागवत् अलङ्कार पण्डित नेत्रप्रसाद पराजुलीले कथावाचन गर्ने कार्यक्रम रहेको छ ।

कृषि/भेटेनरी प्राविधिक शिक्षा सञ्चालनार्थ महायज्ञ आयोजना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धिसागर भट्टराईले जानकारी दिए । महायज्ञ सम्पादन गर्न वडाध्यक्ष मुक्तिनारायण चौधरीको अध्यक्षतमा महायज्ञ सम्पादन मूल समिति गठन गरिएको छ । समितिको वरिष्ठ सह-कोषाध्यक्ष होमकुमार केसी रहेका छन् । महायज्ञको तयारी तीव्र पारिएको मूल समिति अध्यक्ष मुक्तिनारायण चौधरीले जनाए । वि.सं. २०१८ सालमा स्थापित यस विद्यालय त्यस क्षेत्रकैं पूरानो शिक्षालय हो । यहाँ कक्षा १२ सम्म अध्यापन हुँदै आएको छ ।

महायज्ञको शेष रकमले प्राविधिक शिक्षा सञ्चालनका लागि भौतिक पूर्वाधार निर्माण गर्ने योजना विद्यालयको छ । अध्यक्ष भट्टराईले प्राविधिक शिक्षामा विपन्न वर्गको पहुँच बढाउनका लागि पनि महायज्ञ आयोजना गर्नुपरेको उल्लेख गरे । कुनै बेला १४/१५ सय विद्यार्थी हुने यस विद्यालयमा केही वर्षयता विद्यार्थीको संख्या ह्वात्तै घटेकोमा नयाँ व्यवस्थापनपछि विद्यालय आफ्नो पूरानो विरासत फर्काउने लयमा छ । यसैका लागि पनि महायज्ञमार्फत् आर्थिक स्रोत जुटाइ प्राविधिक विषयका कक्षा सञ्चालन गर्ने योजना अघि सारिएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।