ताजा अपडेट »

आचारसंहिता पालनामा रुपन्देहीका संचारकर्मीहरुको प्रतिवद्धता

शुक्रबार, १६ बैशाख २०७९, २२ : ०७
20 Shares
शुक्रबार, १६ बैशाख २०७९
20 Shares

बुटवल । स्थानीय तहको निर्वाचन लक्षित गरी लम्बिनी प्रदेशको मुकाम बुटवलमा मिडिया आचारसहिंताका विषयमा संवाद गरिएको छ । लुम्बिनी प्रदेश स्तरीय संवाद समूहको आयोजना भएको उक्त संवाद कार्यक्रममा सहभागी रुपन्देहीका सञ्चारकर्मीहरुले आचारसंहिता पालनामा प्रतिवद्धता जनाएका छन् ।

यस क्षेत्रका अगुवा पत्रकारहरुको सहभागितामा भएको संवाद तथा छलफल कार्यक्रममा रुपन्देहीका प्रमुख निर्वाचन अधिकृत धनसिंह महरले निर्वाचन आचारसहिंता पालना गर्न मिडियाकर्मी र अन्य सबै पक्षलाई आग्रह गरे । उनले निष्पक्ष र धादलिरहित स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने दायित्व सबैको भएको बताउंदै निर्वाचन सम्पन्न गर्नका लागि सहयोगका लागि मिडियाकर्मीहरुलाई आग्रह गरे।

निर्वाचन आयोग मिडियाकर्मीहरुसंग सहकार्य गर्न तयार रहेको बताउंँदै मिडियाको साथ सहयोग चाहिने बताए। कर्मचारी र श्रोतसाधनको कमी भएपनि सूचनाको पहुँचलाई सहज बनाउने प्रतिवद्वता जनाए।

मिडियाकर्मीप्रति कुनै आग्रह पूर्वाग्राही नराख्ने बताउँंदै स्तरहिन र छाडा यूट्यूबरहरुप्रति निर्वाचन आयोगले विश्वास नगर्ने बताए । कार्यक्रममाा पत्रकारहरुले निर्वाचन आचारसहिंता उलंघन भएका घटनाहरु निर्वाचन आयोगले सार्वजनिक गर्नुपर्ने बताए ।

सो अवसरमा, महासंघका केन्द्रिय सदस्य भवानी पाण्डे, पत्रकार महासंघ रुपन्देही अध्यक्ष रामराज पोखरेल, सामुदायिक टेलिभिजनका अध्यक्ष दिनेश पाण्डे, नेपाल टेलिभिजन एशोसिएसनका प्रदेश अध्यक्ष विष्णु भुषाल , कान्तीपुर दैनिकका लुम्बिनी प्रदेश व्यूरो प्रमुख दिपेन्द्र बडुवाल, नयां पत्रीकाका व्योरो प्रमुख विष्णु घिमिरे, संचारिका समुह लुम्बिनीका महासचिव अमृता अनमोल, सेतोपाटी अनलाईनका भगवती पाण्डे, प्रेस युनियन रुपन्देही अध्यक्ष रेखा भुषाल, प्रेस चौचारी लुम्बिनी प्रदेशका महासचिव निरा गौतम, जिल्ला अध्यक्ष लक्ष्मण पौडेल, प्रगतीशिल पत्रकार संघका श्याम पोखरेल, खबरकुराका सम्पादक शरण कर्मचार्य, क्रियाशिल महिला पत्रकार संघका कल्पना तिवारी,ग्लोबल आवाजका सम्पादक एन.बी. कंडेल लगाएतले बोल्दै आचारसहिंता पालना गर्नुपर्नेमा जोड दिएका थिए ।

सो अवसरमा संसदिय मामिला पत्रकार समाजका महासचिव सिपी खनालले बुटवलका दैनिक पत्रिकाहरुले पछिल्लो एक महिनामा प्रकाशित गरेका समाग्रीहरु त्यसको विष्लेषण रिपोर्ट प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजिकरण संवाद समुहका बुटवल सहजकर्ता बिक्रम खड्काले गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।