ताजा अपडेट »

इण्डियन प्रिमियर लिगको सट्टावाजी खेल खेलाउने दुई जना पक्राउ

शुक्रबार, ०९ बैशाख २०७९, १२ : ४२
6 Shares
शुक्रबार, ०९ बैशाख २०७९
6 Shares

मोरङ । भारतमा भइरहेको इण्डियन प्रिमियर लिग (आइपीएल)को सट्टाबाजीमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–६ बस्ने ४२ वर्षीय सचिन कुमार साह र सोही महानगरपालिका–९ बस्ने ४४ वर्षीय भुपेन्द्र कुमार साह रहेका छन् । उनीहरुलाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई नगद २८ हजार ३ सय २५ रुपैयाँ, २ थान मोबाइल र २ थान विभिन्न बैंकको चेक सहित पक्राउ गरिएको हो । उनीहरुमाथि सट्टाबाजी कसूरमा जिल्ला अदालत मोरङबाट ५ दिन म्याद थप अनुमति प्राप्त गरी प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।