बुटवल । भरतपुर महानगरको मेयर पदका लागि रुद्र प्रसाद सापकोटाले स्वतन्त्र उमेद्वारी दिने घोषणा गरेका छन् । आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भरतपुरको मेयरका लागि सापकोटाले स्वतन्त्र उमेद्वारी दिने घोषणा गरेका हुन् ।
उनी युवाहरुको अन्तराष्ट्रिय संस्था माडी जेसीजका संस्थापक अध्यक्ष हुन् भने अन्य विभिन्न संघसंस्थामा आवद्व रहेका छन् । स्वतन्त्र राजनैतिक युवा समुह मार्फत “दल रहित स्थानिय विकास, युवाले दिनेछन् निकास” भन्ने नाराका साथ भरतपुर महानगरको मेयरमा दाबी गरेको उनले बताए ।
प्रतिक्रिया