भैरहवा । नेपाली कांग्रेसको पूर्व क्षेत्रिय सभापति समेत रहेका प्रभावशाली नेता मातृका प्रसाद यादव जनता समाजवादी पार्टी प्रवेश गरेका छन् । शुक्रबार भैरहवामा एक कार्यक्रमको आयोजना गरि लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सहसराम यादवले उनलाई पार्टी प्रवेश गराएका हुन् ।
स्थानिय तहको टिकट वितरणमा नेपाली काङ्ग्रेसले पूरानो नेतालाई भन्दा नवप्रवेशीलाई प्राथमिकता देखाएकि भन्दै उनले पार्टीलाई राजीनामा बुझाएका थिए । राजीनामा स्विकृत नहुदै यादव जसपा प्रवेश गरेका हुन । यादव जसपा प्रवेश गरे पछि उनि अब सोही पार्टीबाट नगर प्रमुख पदको उम्मेदवार हुने जनता समाजवादी पार्टीका नेता किस्मत विश्वकर्माले जानकारी दिए ।
प्रतिक्रिया