बुटवल । कपिलवस्तुको बुद्धमूमि नगरपालिका गोरुसिङ्गेस्थित समसेर दल गण भित्र गोली चल्दा घाइते महिला सिपाहीको उपचारको क्रममा मृत्यु भएकी छिन् । ड्युटी गरिरहेकै अवस्थामा आफैलाई गोली प्रहार गरेकी भनिएकी नेपाली सेनामा कार्यरत सिपाही कोपिला राजवंशीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
एक महिला घाइते भएकी छन् । गोली लागेर एक महिला सिपाही गम्भीर घाइते भएकी हुन् । बुधबार साँझ ७ बजे भएको गोली प्रहारबाट कोपिला राजवंशी नाम गरेकी सिपाही घाइते भएकी स्रोतले बताएको छ ।
घाइते राजवंशीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार हुन नसकेपछि भैरहवा स्थित मेडिकल कजेलमा रिफर गरिएको थियो । उनको मेडिकल कलेजमा उपचारका क्रममा बिहान ३ बजेको समयमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया