ताजा अपडेट »

२८ जना प्रहरी कर्मचारीहरूलाई दमकल, वाटरक्यानन् चालक तथा अपरेटर तालिम प्रदान

बुधबार, ०७ बैशाख २०७९, १० : ५०
14 Shares
बुधबार, ०७ बैशाख २०७९
14 Shares

काठमाडौं ।  प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले २८ जना प्रहरी कर्मचारीहरुलाई दमकल, वाटरक्यानन् चालक तथा अपरेटर तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा उक्त महाशाखामा सञ्चलित प्रथम समूहअन्तर्गत उक्त तालिम समापन कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक नरोत्तमलाल प्रधानले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरे ।

उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक प्रधानले दक्ष कुशल दमकल, वाटरक्यानन् चालक तथा अपरेटर उत्पादन गरी संगठनले निर्दिष्ट गरेको लक्ष्य हासिल गर्न तालिम सहयोगी हुने बताए । नेपाल प्रहरी संगठनलाई आवश्यक पर्ने दक्ष दमकल तथा वाटरक्यानन् चालक तथा अप्रेटरहरूको कमिलाई परिपूर्ति गर्नका लागि उक्त तालिम गराइएकोले प्रशिक्षार्थीले तालिमबाट प्राप्त गरेका ज्ञान, सीप र दक्षतालाई आ-आफ्नो कार्यक्षेत्रमा जिम्मेवारीपूर्वक उपयोग गर्नुपर्नेमा उनले जोड दिए ।

उक्त तालिममा प्रहरी सहायक निरीक्षक एक जना, प्रहरी वरिष्ठ हवल्दार तीनजना, प्रहरी हवल्दार सातजना, प्रहरी सहायक हवल्दार नाैजना र प्रहरी जवान आठजना गरी कुल २८ जना प्रशिक्षार्थीहरूको सहभागिता थियाे । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।