ताजा अपडेट »

स्थानीय तहमा उमेदवारी दिन बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने

मंगलबार, ०६ बैशाख २०७९, १७ : २०
10 Shares
मंगलबार, ०६ बैशाख २०७९
10 Shares

काठमाडौं । स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्नका लागि बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने भएको छ । निर्वाचन आयोगले जारी गरेको आचारसंहिताविरुद्ध हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले दिएको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । 

न्यायाधीश तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले मङ्गलवार रिट खारेज गरिदिएको हो । यससँगै अब स्थानीय तह निर्वाचनमा भाग लिने जनप्रतिनिधिले राजीनामा दिएर मात्रै उम्मेदवारी दिन पाउने भएका छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।