बुटवल । रुपन्देहीको तिलोत्तमामा मोटरसाइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा तिलोत्तमा नगरपालिका–१० कान्छि बजारका २४ वर्षीय अमृत पुन मगर रहेको लुम्बिनी प्रादेशिक ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
मंगलबार बिहान भैरहवाबाट बुटवल तर्फ आउँदै गरेको लु ६० प ४९९५ नम्बरको मोटरसाइकल तिलोत्तमा नगरपालिका–३ जानकीनगरमा अनियन्त्रीत भएर दुर्घटनामा परेको थियो । अगाडी अचानक बस आएर ब्रेक लगाउँदा अनियन्त्रीत भएर मोटरसाइकल पल्टिँएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलले जनाएको छ।
दुर्घटनामा परी गम्भीर घाइते पुनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुन नसके पछि भैरहवा स्थित मेडिकल कलेजमा रिफर गरिएको प्रहरीले जनाएको छ । अहिले पुनको स्वास्थ्यमा सुधार भइरहेको र उनी खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया