ताजा अपडेट »

सत्तारुढ गठबन्धनको बैठक दिउँसाे २ बजेलाई सर्‍यो

मंगलबार, ०६ बैशाख २०७९, ११ : ४०
10 Shares
मंगलबार, ०६ बैशाख २०७९
10 Shares

काठमाडौं ।  पाँच दलीय गठबन्धनको बैठक मंगलबार दिउँसो २ बजेलाई सरेको छ । बिहान साढे ११ बजे बस्ने भनिएको बैठक दिउँसो २ बजेलाई सरेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । 

गठबन्धनमा महानगर र उपमहानगरको भागबन्डा मिल्न सकेको छैन । सबै दलले आ-आफ्नै अडान कायम राखेपछि बैठक भागबन्डाबारेको विवाद झन् पेचिलो बन्दै गएको छ । 

सोमबार दुईपटक बसेको बैठकमा समेत सहमति जुट्न सकेको थिएन । ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकामा भागबन्डाबारे दलहरू आ-आफ्नै अडानमा कायम छन् । जसले गर्दा यसअघि तयार भएको मस्यौदामा सहमति जुट्न नसकेको हो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।