मंसिर १,
ग्लोबल आवाज
बुटवल । रुपन्देहीका १४ वटा विद्यालयहरुमा प्लस टू र स्नातक तह अध्ययन गर्ने विद्यार्थीहरुका लागि प्रेरित गर्ने उद्देश्यले मोटिभेश्नल कार्यक्रम सम्पन्न गरिएको छ । सामाजिक क्षेत्रमा काम गर्ने संस्था ड्याड नेपालको आयोजना र विशेषगरी जापानिज भाषा प्रशिक्षण र जापान जाने विद्यार्थीहरुलाई परामर्श गर्दै आएको सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा १६ वटा सेशनमा सञ्चालन गरिएको कार्यक्रममा ६ सय जना विद्यार्थी सहभागी भएको सेन्ट्रल कलेज, बुटवल शाखा प्रमुख अञ्जु ज्ञवालीले जानकारी गराइन् ।
रुपन्देहीको बुटवल स्थित सिद्धार्थ इन्टरनेश्नल कलेजबाट सुरु गरिएको कार्यक्रम एम्स कलेज, नविन स्कूल, क्षितीज इन्टरनेश्नल कलेज, एजीभर्स कलेज, तिलोत्तमा क्याम्पस, नेपथ्य कलेज, सिद्धार्थ सेकेन्डरी स्कूल, कान्ती स्कूल, सिद्धार्थ गौतमबुद्ध क्याम्पस, आदर्श बहुमुखी क्याम्पस, न्यू होराइजन स्कूल, अक्सपोट कलेज र लुम्बिनी वाणीज्य क्याम्पसमा सञ्चालन गरिएको थियो । तिलोत्तमा क्याम्पस र कान्ती स्कूलमा दुई वटा सेसन सञ्चालन गरिएको शाखा प्रमुख ज्ञवालीले बताइन् । सेन्ट्रल कलेज मूख्य प्रायोजकका रुपमा रहेको कार्यक्रम अन्तरगत विभिन्न कलेजहरुमा सञ्चालन गरिएको मोटिभेश्नल कार्यक्रममा सहभागी विद्यार्थीलाई शनिबार बुटवलमा एकै ठाउँ सहभागी गराई पुनः उत्प्रेरणा तालिम सञ्चालन गरिएको थियो ।
सेन्ट्रल कलेजका प्रमुख तथा प्रबन्ध निर्देशक वाई .बी.पौडेलले कलेजले विद्यार्थीहरुको क्षेत्रमा काम गर्दै आएको हुँदा क्याम्पस तहका धेरै भन्दा धेरै विद्यार्थीहरुलाई जीवनमा प्रेरित हुनेगरी प्रेरणादायी कार्यक्रम गर्ने उद्देश्यले कार्यक्रमका लागि सहयोग गरेको बताए । उनले भने ‘हामी विभिन्न सामाजिक तथा युवाहरुको क्षेत्रमा सहयोग र प्रवद्र्धन गर्ने प्रयास र उद्देश्यका साथ अघि बढिरहेका छौं ।’
प्रेरणादायी कार्यक्रमका सहजकर्ता तथा प्रस्तोता इश्वर गैरेले प्लस टूू र स्नातक तह अध्ययन गर्ने विद्यार्थीहरुमा जीवन र भविष्यका विषयमा चिन्ता, गम्भिरता र डर बढि हुनाले उनीहरुको अन्यौलता र डरलाई कम गर्नका लागि सो तहका विद्यार्थीहरुलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको बताए । उनले भने ‘विशेषगरी यस तह रउमेर समूहका विद्यार्थीहरुमा जीवनका यथार्थताहरुमा स्विकारोक्ति, आत्माविश्वास, प्रोत्साहनर सही निर्णय लिनका लागि प्रोत्साहन हुनेगरी हामीले प्रशिक्षण गरेका छौं ।’
प्रतिक्रिया