मंसिर १,
काठमाडौँ । भारतले २ हजार किलोमिटरसम्मा मार हान्न सक्ने अग्नी ब्लास्टिक मिसाइल-२ को सफल परीक्षण गरेको छ। मिसाइलको उडिसा राज्यको बालासोरबाट सफल रुपमा रात्री परीक्षण गरिएको थियो।सहतबाट सतहमा मार हान्न सक्ने उक्त मिसाइल इन्टिग्रेटेड स्टेट रेन्ज (आइटिआर) बाट गरिएको थियो।
अग्नी मिसाइलको परीक्षण यस अघि पनि गरिएको थियो। तर, रातको समयमा भने यो पहिलो पटक गरिएको हो। यसको क्षेमता दुई हजारबाट बढाएर तीन हजार किलोमिटरसम्म पुर्याउन सकिने बताइएको छ। बीस मिटर लामो अग्नी-२ ब्लास्टिक मिसाइलको तौल १७ टन छ। भारतले यसभन्दा पहिले ६ फेब्रवरीमा अग्नी-१ मिसाइलको परीक्षण गरेको थियो। भारतीय सेनाको सामरिक बल कमान्डले यसअघि बलासोरस्थित अब्दुल कलाम द्वीपबाट इन्टिग्रेटेड स्टेट रेन्जबाट ७ सय किलोमिटर दूरीको मार क्षमता भएको मिसाइलको परीक्षण गरिएको थियो।- एजेन्सी
प्रतिक्रिया