ताजा अपडेट »

नेकपा एसको चुनावी एजेण्डा: निःशुल्क खानेपानीदेखि २०० युनिट विजुली निःशुल्क

मंगलबार, २९ चैत्र २०७८, १० : ५६
26 Shares
मंगलबार, २९ चैत्र २०७८
26 Shares

काठमाडौं ।  पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)पार्टीले ‘निःशुल्क खानेपानी, सुखी जिन्दगानी’लाई चुनावी एजेण्डा बनाएको छ । 

यसअन्तर्गत पानीको सुविधा पुगेका पालिकाका हरेक घर–परिवारलाई मासिक दश हजार लिटर पानी निःशुल्क उपलब्ध गराउने भनिएको छ । खानेपानी नपुगेका स्थानमा खानेपानीको सुविधा पु¥याइने पनि स्थानीय तह निर्वाचन घोषणापत्र– २०७८ को मस्यौदामा उल्लेख छ ।हरेक घर परिवारमा खानेपानी पु¥याउने काम स्थानीय सरकरको उच्च प्राथमिकता हुने र सोहीअनुसार बजेटको प्राथमिकता प्रतिबद्धता घोषणापत्रमा छ । 

हरेक पालिकामा युवा विभाग, हरेक वडामा खेल मैदान, संरक्षित कृषि बजार, प्रत्येक घर–परिवारलाई २०० युनिट निःशुल्क विजुली, सामुदायिक विद्यालयको सुधार, निःशुल्क आधारभूत स्वास्थ्य उपचारलगायतका एजेण्डा पनि घोषणात्रमा समेटिएका छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।