ताजा अपडेट »

रुपन्देहीको फर्साटिकरमा फुड फेस्टिवल, लाइभ दोहोरी र परम्परागत खानाको प्रदर्शन

शनिबार, २६ चैत्र २०७८, १५ : ५३
20 Shares
शनिबार, २६ चैत्र २०७८
20 Shares

बुटवल । जेनेरेसन मल्टि मिडियाको आयोजनामा फुड फेस्टिवल हुने भएको छ। विबिध सांस्कृतिक मनोरञ्जन सहित नयाँ वर्ष २०७९ लाई स्वागत गर्न रुपन्देहीको फर्साटिकरमा फुड फेस्टिवल हुन लागेको हो ।

परम्परागत र सांस्कृतिक खानाका परिकारहरु प्रदर्शन हुने उक्त फेस्टिवलमा रमाइलो बाल उद्यान आर्षणको रुपमा रहने आयोजकले जनाएको छ। शुद्धोधन गाउपालिका वडा नम्बर ३ र ४, फर्साटिकर व्यापार संघ, फर्साटिकर युवा क्लब, आमा समूह, शुद्धोधन सुनचांदी व्यबसायी संघ, शुद्धोधन सियारी विद्युत व्यबसायी संघ, नेपाल मगर संघ, शुद्धोदन र चारपाला सामुदायिक वन उपभोक्ता समूह मुख्य सहयोगी संस्थाहरुको रुपमा रहेका छन् । फेस्टिवल यही चैत्र ३० र २०७९ बैसाख १ गते दुई दिन सम्म संचालन हुने आयोजक जेनेरेसन मल्टिमिडियाका रवि रानाले जानकारी दिए ।

विशेषगरी स्थानीय खानाका परिकारहरुको प्रचार प्रसार गरी शुद्धोदन भित्र रहेका पर्यटकीय स्थहरुको पर्यटन प्रबर्द्धन गर्ने लक्ष लिई फेस्टिवलको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। लाईभ दोहोरी, परम्परागत सांस्कृतिक झांकी प्रदर्शनी सहित भ्योमा, आग्रह व्याण्ड, सरगम चौधरी, संगित पौडेल लगायत कलाकारहरुको डिजे प्रस्तुतिले फेस्टिवलको थप आकार्षक बनाउने छ। नयाँ वर्ष बि.सं. २०७९ लाई स्वागत गर्न चैत्र ३० गते सांझ ४ बजे देखि शुरु हुने फुड फेस्टिवलमा स्थानीय कला र संस्कृतिको प्रबर्द्ध नलाई विशेष प्राथमिकता दिइने जेनेरेसन मल्टिमिडियाका रवि रानाले जानकारी दिए ।

यसैगरी फेस्टिवलको सह आयोजकमा रिद्धि सिद्धी रिसोर्ट रहेको छ भने नमन सर्फ, कृष्ण कार्डवोर्ड ईण्ड्रस्ट्रिज, सुमना फुड्स प्रोडक्ट, रेड चिल्ली एग्रोफर्म प्रा.लि., लुम्बिनी म्याक्स डिजिटल, सुपर डिजाइन इन्जिनियरिंग, एक्सेस कम्प्युटर एण्ड एजुकेशन र नेपाल निर्माण सम्बद्ध श्रमिक संघ, फर्साटिकर फेस्टिवललाई प्रायोजन गरेका छन।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।