ताजा अपडेट »

सर्लाहीमा गोली चल्यो, एक जना गम्भीर घाइते

बुधबार, २३ चैत्र २०७८, २० : २०
54 Shares
बुधबार, २३ चैत्र २०७८
54 Shares

सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा गोली लागेर एक पुरुष गम्भीर घाइते भएका छन् । बुधबार साँझ मलंगवा नगरपालिका-९, कृष्णामती विद्यालय पछाडि गोली चलेको हो । लगतै घटनास्थल पुगेको प्रहरी टोलीले पहिचान खुल्न नसकेका एक पुरुषको घाइते अवस्थामा उद्धार गरेको छ ।

गोली लागेर गम्भीर घाइते भएका पुरुषको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । गोली कसले र किन चलायो भन्नेबारेमा केही खुल्न सकेको छैन ।

घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए । घाइते भारतीय नागरिक भएको आशङ्का गरिएको छ ।-एसवी थापा/न्युज कारखाना

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।