गुल्मी । बिहानैदेखि आजभोलि गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिकाको थोर्गा गाउँ टिप्पर जेसिबि डोजर रोलर र ग्रेडरका आवाजले गाउँ थर्किन्छ । पछिल्लो चरणमा थोर्गेलिहरुको गौरवको आयोजनाको रुपमा रहेको साल बिसाउने स्यालपोखरी पानी टँकी सडक जोडतोडका साथ बनिरहेको छ ।
पन्थ कन्ट्रक्सनले यो सडक निर्माणको जिम्मा पाएको छ र यो कन्ट्रक्सनका युवा प्रोपाईटर सुमन पन्थ सडकलाई गुणस्तर बनाउन चौबिसै घण्टा खटिनु भएको छ। लामो समय सम्म थोर्गेली जनताले गाउँबाट जँगल तिरबाट गाडि दगुरेको हेरि रहे। तानसेन रिडी तम्घास मोटरबाटो जंगल तिरबाट लगियो त्यहि बाटो कालोपत्रे भयो तर जंगल तिरबाट बाटो गएपछि सडक भएर पनि थोर्गा विकट जस्तो बन्यो । तानसेन रिडी तम्घास मोटरबाटोमा झरेर गाउँ आउन धेरै सकस बेहोरे थोर्गेली जनताले । पुरानो पुस्ताले यहि मोटरबाटोलाई गाउँ हुँदै जान दिएनन ।
गाउँबाट मोटरबाटो गए छोरि बुहारी बिग्रन्छन भन्ने अत्यन्तै गलत सोँच र सकिर्ण मनस्थितिका कारण करिब पचास वर्ष थोर्गेली जनताले कष्ट भोगे । गाउँबाट मोटरबाटो लाने प्रयास त्यतिबेला पनि नभएको होईन तर लाठमुँग्रा सम्मको अवस्था सिर्जना भएपछि बाटो गाउँ भन्दा करिब दुई किलोमिटर तल जंगलबाट गयो र सडकको सुविधाबाट थोर्गा गाउँ पछि पर्यो ।
थोर्गेली हरुले सडकका लागि लामो समय कुर्नु पर्यो तर पछिल्लो पिँढीको सुजबुझ पुर्ण निर्णयले ढिलै भएपनि गाउँको माथिल्लो भाग छिचोल्दै सडकको ट्र्याक खोलियो । पटकपटकको बजेट बिनियोजन पछि सालविसाउना स्यालपोखरी पानी टंकी सडकमा ठुला गाडि चल्न सक्ने भए र दैनिक एउटा बस गाउँ हुँदै बुटवल जान थाल्यो र यहि सडक सँग जोडिएर सहायक सडक पनि खोलिएपछि गाउँमा आवज जावतमा सहजता भयो ।
लामो समयको कसरत पछि थोर्गा गाउँका अभिभावक समेत रहेका लुम्बिनी प्रदेशका सांसद कमल राज श्रेष्ठको अथक प्रयासमा सडकका लागि करिब अठार करोडको बजेट प्रदेश सरकारबाट बिनियोजन भए सँगै पन्थ कन्ट्रक्सनलाई परेको ठेक्कामा यो सडकको स्तरोन्नति शुरु गरिए पछि अब थोर्गेली जनता सडक बन्नेमा आशावादि देखिएका छन । मुख्यतया साँसद श्रेष्ठको आफ्नै ठाउँको सडक भएकाले पनि सडक निर्माणमा प्रत्यक्ष निगरानीका कारण सडक बेलैमा सम्पन्न हुनेमा कुनै शँका छैन ।
त्यसो त लुम्बिनी प्रदेश विशेषाधिकार समितिका सभापति पति समेत रहेका यो क्षेत्रका साँसद कमल राज श्रेष्टको पहलमा सँसदिय क्षेत्रका हरेक गाउँमा खानेपानी अन्यरगत एक घर एक धारा, गाउँ गाउँमा सडक, विद्यालय भवन निर्माण मर्मत, प्राथमिक स्वास्थ केन्द्र निर्माण, कभर्डहल हरुको निर्माण कार्य भईरहेका छन त्यसमा पनि थोर्गा गाउँको यो सडकमा वहाँको विशेष अनुगमन र निगरानी अलि बढि देखिएको छ ।
सबैको साथ सहयोगले विकास अगाडि बढ्छ यतिबेला थोर्गेली जनता एकजुट भएर सडक निर्माणका लागि सहजता प्रदान गर्दै सहयोग गरेका छन नेकपा एमालेका नेता समेत रहनु भएका कमल श्रेष्ठले भने ।
त्यसो त पन्थ कन्ट्रक्सनका प्रोपाईटर यो क्षेत्रकै व्यक्तित्व भएकाले पनि सडकको गुणस्तरिय निर्माण उनका लागि प्रतिष्ठाको विषय बनेको छ । स्थानीय जनसमुदायको सहयोग सुझाव र सदसयताले हामीलाई काम गर्न सहज भएको छ र समयमै काम सकेर थोर्गेली जनसमुदायलाई पक्कि सडक हस्तान्तरण गर्ने हाम्रो लक्ष छ पन्थ कन्ट्रक्सनका प्रोपाईटर सुमन पन्थले भने।
हुनपनि यतिबेला सडकको कामको रफ्तारमा पन्थ कन्ट्रक्सनले कुनै कसर बाँकि राखेको छैन । समुदायलाई सडकले पार्ने समस्या र त्यसको निराकरण गर्न जनस्तरबाट गठित अनुगमन समिति कृयाशिल छ सडक बन्नु पर्छ सानातिना समस्या समाधान गर्न अनुगमन समिति कृयाशिल छ लामो समय देखि यो सडक नियाली रहनु भएका अनुगमन समितिका सदस्य घनस्याम ज्ञवालीले भने ।
कहिले च्यूरेक तिर बन्दै गरेको सडक त कहिले थानपति तिरको सडकमा साँसद श्रेष्ठ नपुगेको दिनै छैन ।सडकलाई गुणस्तर र दिगो बनाउने काममा थोर्गाको आम जनता यतिबेला एकजुट भएर लागेको छ । तानसेन रिडी तम्घास मोटरबाटोको लिँक रोडको रुपमा रहेको सालविसाउना स्यालपोखरी पानी टंकी सडक थोर्गाको गौरवको अयोजना हो । करिब सात किलोमिटर को यो सडकको स्तरोन्नतिले नजिकका शहर तानसेन बुटवल सँग थोर्गेलीहरुलाई झनै नजिक मात्र बनाउँदै आवत(जावतमा समेत सहजता हुन्छ ।
यसै गरि यहि सडक जाने च्यूरेक लिचि ब्लक क्षेत्रको रुपमा रहेको लिचि गाउँको उत्पादित र उँखु ब्लक क्षेत्रको रुपमा रहेको थानपतिको उँखु खुदो र गुँड शहर सम्म पुर्याएर आय आर्जनमा सहज हुनेछ भने थोर्गाको तरकारी र खसिबोकाको अर्गानिक स्वाद बुटवल नारायणगढ काठमाडौंमा समेत चाख्न पाईने छ ।
प्रतिक्रिया