ताजा अपडेट »

अर्थमन्त्री र गभर्नरलाई खुल्ला पत्र

आइतबार, २० चैत्र २०७८, १८ : ५१
42 Shares
आइतबार, २० चैत्र २०७८
42 Shares

नेपालको अर्थतन्त्रको ईन्जिन विग्रिएर संकटको डिलमा पुगेको वेला तपाईहरु विच विग्रिएको अर्थतन्त्रको ईन्जिन मर्मत गर्न निरन्तर संवाद, छलफल, र परिणाममुखी काम गर्नु पर्ने बेला करिब करिब वोलचाल बन्द अवस्था रहेको समाचार पढ्दा दु:खी छौ ।

हाम्रो विग्रेको अर्थतन्त्रको इन्जिन समयमै मर्मत गर्न माननीय अर्थमन्त्री र गर्भनरज्यू तत्काल समन्वय गरेर परिणाममुखी कामको लागि छलफलमा जुट्नु भएन भने अर्थतन्त्रको सिङ्गो सिस्टम संकटमा पर्छ । सवैभन्दा ठूलो संकट वित्तीय व्यवस्थापनमा आउनेछ ।

अर्थतन्त्र लयमा नफर्कदा सम्म अर्थतन्त्रको ईन्जिन मर्मत गर्ने पहिलो पाटो वित्तीय क्षेत्रलाई नियन्त्रणमा राख्नु हो। उत्पादनमूलक क्षेत्रमा लगानीको स्रोतको सुनिश्चितता गर्नु हो । रोजगारीको श्रृजना गर्नु हो, राष्ट्रिय आय वृद्धि गर्ने निति तय गर्नु हो । मौद्रिक उपकरणहरु प्रयोग गरेर तरलताको अभाव हुन नदिनु हो ।

त्यसकारण तत्काल तपाईहरुका अन्य मतभिन्नतालाई थाति राखेर छलफलमा जुट्नुहोस् । तल उल्लेख गरेका तत्काल कार्यान्वयन गर्न सकिने सुझावहरुलाई मनन गर्नुहोस् ।

१. उत्पादनमूलक क्षेत्र र कृषि क्षेत्रमा लगानीको सस्तो स्रोतको सुनिश्चितता गर्दै यश क्षेत्रमा प्रवाह हुने कर्जाको व्यजदर ७% भन्दा बढी नहुने नीति तय गर्ने ।

२. सम्पत्ति धितो राखेर प्रवाह हुने व्यवसाय कर्जाको व्याजदर ८%भन्दा बढी नहुने नीति तय गर्ने ।

३. अनुत्पादक क्षेत्रमा (जस्तै: व्यक्तिगत कर्जा, अटो कर्जा, घर कर्जा, शेयर कर्जा,आदि।) कर्जा प्रवाह गर्दा व्यक्तिको आयस्रोतको प्रमाणीकरण कर पे गरेको आधारमा मात्र गर्नु पर्ने एवं आयस्रोतले धान्न सक्ने मात्र कर्जा प्रवाह गर्ने नीति तय गरि कडाईका साथ लागू गर्ने ।

४. निक्षेपको व्याजवाट गुजारा चलाउने प्रवृत्तिलाई प्रोत्साहित नगर्ने निति तय गर्ने ।

५. ५०,००० (पचास हजार) रुपैया भन्दा माथिको रकम नगद कारोवार गर्न नपाईने नीति तय गरि कडाईका साथ लागू गर्ने ।

६. जुन क्षेत्रमा कर्जा प्रवाह भएको हो, त्यस क्षेत्रमा कर्जा प्रयोग नगरे अथाह जरिवानाको नीति तय गर्ने ।

७. वैंक तथा वित्तीय संस्थालाई पुजीं वृद्धि गर्नु पर्ने वाध्यात्क अवस्थाको श्रृजना नगर्ने निति तय गर्ने, ता, कि, पुजीं वृद्धि सँगै मुनाफाको स्ट्रेसले वित्तीय क्षेत्रले अनुत्पादक क्षेत्रमा आक्रमक लगानी नगरुन् ।

८. करको दर वृद्धि भन्दा पनि करको दायरा फराकिलो वनाउदै कुनै पनि उद्योगी रव्यवसायी, फर्म, कम्पनी र व्यक्तिले कर छले अथाह जरिवना र सजायको व्यवस्था गर्ने नीति तय गरि कडाईका साथ लागू गर्ने ।

माननीय अर्थमन्त्री एवम् गर्भनर ज्यू
निक्षेपको व्याजवाट गुजारा चलाउने केही विज्ञहरुले निक्षेपको व्याज वृद्धि भएन भने Money Fly हुन्छ भन्ने गर्नु हुन्छ । Money Fly विदेशीन वाट रोक्नको लागि आवश्यक निति तय गर्ने काम सरकारको हो । अहिले पनि हाम्रो छिमेकी मुलुक भारतको वैंकहरुमा मुद्दती निक्षेपको व्याजदर ५% देखि ६.५०% को हाराहारीमा मात्र रहेको देखिन्छ ।

अन्त्यमा,
जवसम्म अर्थतन्त्र सबल वनाउन हाम्रो अर्थव्यवस्थालाई उत्पादनमुखी लगानी वारे योजना वनाई कार्यान्वयन गर्दैनौ, विकास खर्चलाई उत्पादनमुखी वनाउदैनौ,हामी झन ठूलो संकटमा हुनेछौ । यहाँ माथि सुझाईएका तत्काल कार्यान्वयन गर्न सकिने काम गर्दा पनि, अनुत्पादक क्षेत्रमा जाने कर्जा घट्छ । उत्पादनशील क्षेत्रमा जाने कर्जा बढ्छ। रोजगारी श्रृजना हुन्छ । राज्यको आय बढ्छ । अर्थतन्त्र चलायमान हुन्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।