ताजा अपडेट »

निर्वाचनमा संवेदनशील भएर कलम चलाउनु पर्छ: पाण्डे

आइतबार, २० चैत्र २०७८, १६ : ५४
22 Shares
आइतबार, २० चैत्र २०७८
22 Shares

परासी । आसन्न निर्वाचनमा पश्चिम नवलपरासीका सञ्चार माध्यमहरुले कुनै पनि दलको प्रभावमा परेर अतिरञ्जित तरिकाले समाचार संकलन र सम्प्रेषण नगर्न सुस्ता गाउँ पालिकामाका प्रमुख रामप्रसाद पाण्डेले एक कार्यक्रमका बीच बताएका छन् ।

नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीको आयोजना तथा सुस्ता गाउँपालिकाको सहयोगमा हिजो सुस्तामा सञ्चालन भएको ूनवलपरासीको पत्रकारिता विकासमा सञ्चार संस्थाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमा बोल्दै पाण्डेले सञ्चार माध्यमहरुले संवेदनशील भएर मात्र कलम चलाउनु पर्ने र पत्रकारितामा आफ्नो कलम चलाउने भन्दा अरुको समाचार चोर्ने परम्पराको विकास भएको गुनासो व्यक्त गरेका थिए। बानीलाई सम्बन्धित स्थानमा नपुगिकन समाचार लेख्ने गर्दा गलत प्रचार हुने हुँदा निर्वाचनमा संवेदनशील भएर लाग्न र विट पत्रकारितामा जोड दिन अनुरोध गरे ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेलले पत्रकारिता महत्वपूर्ण पेशा भएकाले जिल्लाका पत्रकारलाई सहयोग गर्ने र गाउँपालिकाले गरेका सकारात्मक परिवर्तन ल्याउने कार्यको प्रचार प्रसार गर्न अनुरोध गरेका छन्। नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका अध्यक्ष हरि शर्माले आसन्न निर्वाचनमा रिपोटिङ र समाचार सम्प्रेषण गर्दा दलित बहकाउमा परेर दलको प्रचार प्रसार नगरेर विस्पक्ष रूपमा अगाडी बढ्न अनुरोध गरे। कार्यक्रममा पश्चिम नवलपरासीमा सञ्चालन रहेका रेडियो, टेलिभिजन अनलाइन र पत्रिकाका अध्यक्ष, सम्पादक, स्टेसन म्यानेजर र डेक्समा समाचार सम्प्रेषण गर्नेहरूका बीच अन्तरक्रिया गरिएको थियो।

कार्यक्रममा प्रमुख प्रशिक्षक भरत भूषाल, नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका उपाध्यक्ष मालती न्यौपानेको स्वागत र नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका सदस्य बिकास अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।