ताजा अपडेट »

ट्रयाक्टरबाट खसेर २३ वर्षीया एलिनाको मृत्यु

आइतबार, २० चैत्र २०७८, ११ : ३५
20 Shares
आइतबार, २० चैत्र २०७८
20 Shares

तनहुँ ।  तनहुँको भानु नगरपालिका–९ डुम्रेमा शनिबार बेलुकी गुडिरहेको ट्रयाक्टरबाट खसेर एक युवतीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्थानिय २३ वर्षीया एलिना श्रेष्ठ रहेकी छिन् । घाइते उनको उपचारको क्रममा डुम्रे स्थित लक्ष्मी अस्पतालमा गएराती साढे ९ बजे मृत्यु भएको हो । गएराती ९ बजे दाउरा लोड गर्न जाँदै गरेको ग १ त ५४४५ नम्बरको ट्रयाक्टरबाट श्रेष्ठ खसेकी थिइन् । 

दुर्घटनामा संलग्न ट्रयाक्टर सहित चालक इलाका प्रहरी कार्यालय भानु तनुहुँको नियन्त्रणमा रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।