ताजा अपडेट »

आहुतीको पार्टीले चुनावमा भाग नलिने, भण्डारफोर अभियान चलाउने

आइतबार, २० चैत्र २०७८, ११ : ३०
22 Shares
आइतबार, २० चैत्र २०७८
22 Shares

काठमाडौं । विश्वभक्त दुलाल ‘आहुती’को नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले स्थानीय तहको निर्वाचन बहिस्कार गर्ने भएको छ । काठमाडौंमा शनिवार सम्पन्न प्रथम राष्ट्रिय भेलाले ९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्दै निर्वाचन बहिस्कारको निर्णय गरेकाे हाे । 

‘यसै संसदीय व्यवस्था भित्रको निर्वाचनको औचित्य नरहेको निष्कर्ष पार्टीको छ,’ केन्द्रीय सदस्य जागृत रायमाझीले न्युज कारखानासँग भने, ‘यो संसदीय व्यवस्था भित्रको निर्वाचन किन औचित्यहीन छ भनेर हामी भण्डारफोर अभियान सञ्चालन गर्दै छौँ ।’ 

उनका अनुसार सो भेलाले आहुतीलाई महासचिवमा चयनसमेत गरेको छ । २१ चैतमा बस्ने केन्द्रीय समितिको पहिलो बैठकले पार्टीको सचिवालय गठनदेखि अन्य विषयमा निर्णय लिने जनाउँदै रायमाझीले केन्द्रीय कमिटीमा ४० प्रतिशत महिला प्रतिनिधित्व गराएको जानकारी दिएका छन् ।  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।