ताजा अपडेट »

एकीकृत समाजवादी निकट युवा संघद्वारा तिलोत्तमामा १५१ सदस्यीय चुनाव प्रचार प्रसार समिति गठन

आइतबार, २० चैत्र २०७८, ११ : १९
34 Shares
आइतबार, २० चैत्र २०७८
34 Shares

बुटवल । नेकपा एकीकृत समाजवादी निकट युवा संघले तिलोत्तमामा चुनावी प्रसार प्रचार युवा समिति गठन गरेको छ । शनिबार सम्पन्न प्रशिक्षण भेलाले श्यामप्रसाद गुरुङको नेतृत्वमा १५१ सदस्यीय चुनावप् प्रचार प्रचार युवा समिति गठन गरेको हो ।

कार्यक्रममा बोल्दै एकीकृत समाजवादी रुपन्देहीका अध्यक्ष राजु गुरुङले चुनाबमा सक्रिय लाग्न आग्रह गरे । रुपन्देहीमा आफुहरु कमजोर नरहेको बताउँदै अध्यक्ष गुरुङले रुपन्देहीमा एकीकृत समाजवादी कमजोर छ भन्नेर प्रचार गर्ने एमालेले आग्रामी निर्वाचनबाट देखाइदिने दाबी गरे ।

यस्तै युवा संघ रुपन्देहीका अध्यक्ष कृष्ण थापाले निर्वाचनमा पार्टीलाई जिताउने गरी युवा संघ लाग्ने बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।