ताजा अपडेट »

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

विहीबार, १७ चैत्र २०७८, १० : ३१
16 Shares
विहीबार, १७ चैत्र २०७८
16 Shares

काठमाडौं। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीमा बिहीबार बिहान बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । 

बसको ठक्करबाट गम्भीर घाइते भएका हाल पहिचान नखुलेको अन्दाजी ४० वर्षीय पुरुषको उपचारको क्रममा जिल्ला अस्पताल हेटौडामा मृत्यु भएको प्रहरीले जनाएको छ । बागमती प्रदेश ०३ ००१ ख १३६५ नम्बरको बसले पैदलयात्री उनलाई आज बिहान सवा ४ बजे ठक्कर दिएको थियो । 

ठक्कर दिने बस सहित चालक ईलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरको नियन्त्रणमा रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।