बुटवल । काठमाडौं वल्र्ड स्कूलले शिक्षाको विकासका लागि नेपाल टूर अभियान सुरु गरेको छ । अभियान अन्तर्गत बुटवल आएको स्कूलले बुटवलमा शुक्रबार शैक्षिक अन्तरक्रिया सम्पन्न गरेको छ ।अन्तरक्रिया कार्यक्रममा स्कूलका संचालक तथा सरोकारवालाले समय सापेक्ष शिक्षामा परिवर्तन आाउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै स्कूलका अध्यक्ष इ. मिथलेस कुमार झाले अहिलेका बालबालिकाको प्रतिष्पर्धा नेपालका बालबालिकासंग मात्र नभई विश्वभरका बिद्यार्थीसँग हुने भएकोले त्यही अनुसार तयार गर्दै विश्वव्यापी शिक्षाका लागिमा जोड दिए ।
उनले आइटी क्षेत्रमा धेरै भविष्य भएकोले त्यतिर्फ अभिभावकहरूले पनि ध्यान दिन आवश्यक रहेको बताए । उनले २०५० सम्ममा शिक्षाको नयाँ ट्रेन्ड आउने बताउँदै समय परिवेश अनुसार आफूलाई तयार गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रम काठमाण्डौं वल्ड स्कूलका प्रीन्सिपल केशर बहादुर खुलालले आफ्ना सन्तान सफल भए मात्र अभिभावक सन्तुष्ट हुने बताउदै बालबालिकाको शिक्षामा लगानी गरे मात्रै सन्तान सफल हुने दाबी गरे । सन्तानको भविष्यकालागि अभिभावकहरूले सहि समयमा सहि निर्णय गर्नुपर्ने उनको भनाइ छ ।
विगत ५ वर्षदेखि सञ्चालित उक्त स्कूल नेपालमा सबैभन्दा विशिष्टकृत स्कूलका रुपम ासूचिकृत भएको सञ्चालकको दाबी छ । विद्यार्थीको राम्रो भविष्यका लागि काठमाडौ वल्र्ड स्कूल सफल भएकाले अविभावकलाई छोराछोरी पठाउन उनले आग्रह गरे ।
अन्तरक्रियात्मक कार्यक्रममा रुपन्देहीका शैक्षिक क्षेत्रका सरोकारवाला,पत्रकार तथा अभिभावकहरुको बाक्लो सहभागिता रहेको थियो । सो स्कूल काठमाण्डौको शूर्यविनायक ७ मा रहेको छ ।
आधुनिक सिकाइको माध्यमबाट विद्यालय हाताभित्रै स्वीमिङ पूल, बगैंचा, खेल मैदान लगायतका सुविधा सम्पन्न आधुनिक भौतिक संरचनामा कक्षा संचालन गरेको स्कूलले जनाएको छ । बुटवल र भैरहवाको कार्यक्रम भब्य रुपमा सफल भएको ड्रीम हाइज नेपालका प्रमुख कमल जिसीले बताए ।
प्रतिक्रिया