ताजा अपडेट »

विद्यार्थीहरुलाई किनमेल सीप सिकाउँदै दीप

सोमबार, २५ कार्तिक २०७६, २२ : ११
12 Shares
सोमबार, २५ कार्तिक २०७६
12 Shares


कार्तिक २५,
ग्लोबल आवाज
बुटवल । दीप बोर्डिङ हाई स्कूल बुुटवलमा अध्यनरत विद्यार्थीहरुलाई किनमेल सीप सिकाइएको छ । कक्षा ८ मा अध्ययनरत करीब १ सय ६० जना विद्यार्थीहरुले दीपनगरमा लाग्ने हाटबजारमा गएर किनमेल गरेका हुन् । हरेक विद्यार्थीले १ सय रुपैया बराबरको घरायसी सामग्री खरिद गरेको कक्षा ७ र ८ का संयोजक कृष्ण भुषालले जानकारी दिए ।

विद्यार्थीहरुमा किताबी ज्ञानको अतिरिक्त व्यववहारिक जीवनमा किनबेच र यससँग सम्बन्धित ज्ञानको विकास गराउने उद्धेश्यले यस प्रकारको कार्यक्रम गरिएको विद्यालयमा प्राचार्य टीकाराम न्यौपानेले बताए । विद्यार्थीहरुले किनेको सामाग्रीहरु आ–आफ्नो घरायसी प्रयोजनका लागि लगेका छन् । यस क्रियाकलापमा कक्षा आठका शिक्षकहरु बेबी किराँत, रोहित शाह, श्याम बस्याल र प्रविण कुमार झाले समन्वय गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।