कार्तिक २५,
ग्लोबल आवाज
डडेल्धुरा । १७औं चरणको अनशनअन्तर्गत ८औं दिनको अनशनमा रहेका डा. गोविन्द केसीलाई लिन डडेल्धुरा पुगेको नेपाली सेनाको हेलिकोप्टर रित्तै फर्किएको छ । डा. केसीले नमानेको र स्थानीय नागरिक समाजले जिल्ला बन्दको आह्वान गरेपछि केसी लिन गएको हेलिकप्टर रित्तै फर्किएको हो ।
केसीको स्वास्थ्य परीक्षण गरिरहेका चिकित्सकहरुले उनको स्वास्थ्य अवस्था नाजुक बन्दै गइरहेको बताएका छन् । डा. केसीलाई लिन काठमाडौंबाट सोमबार बिहान हेलिकप्टर डडेल्धुरा पुगेको थियो । डा. केसीले नमानेपछि हेलिकप्टर दिनभरी सेनाको ब्यारेकमा राखेर साँझ काठमाडौं फर्काइएको हो । जिल्ला प्रशासन कार्यालयमा बोलाइएको सर्वपक्षीय बैठकमा अधिकांशले केसीको इच्छाविपरित उठाएर लैजान नहुने धारणा राखेपछि हेलिकप्टर रित्तै फर्काइएको हो ।-साझापोष्ट
प्रतिक्रिया