तिलोत्तमा । बृटिश काउन्सिलले प्रदान गर्ने आइएसए अवार्ड जितेको किड्स हेभन स्कूलले सो अवसरमा बधाई तथा शुभकामना कार्यक्रम गरेको छ । रुपन्देहीको तिलोत्तमामा अवस्थित विद्यालयले ग्रामिण क्षेत्रमा रहेरपनि समय सापेक्ष सिकाई र सीपहरुमा आधारित विभिन्न कार्यक्रम तथा परियोजना सञ्चालन गरी अवार्ड प्राप्त गर्न सफल भएको जनाएको छ ।
बधाई तथा सम्मान कार्यक्रम विद्यालय व्यावस्थापन समितिका अध्यक्ष चन्द्र चौधरीकोअध्यक्षता, जिल्ला समन्वय समितिका सदस्य कविराम अर्यालको प्रमुख आतिथ्यता, बृटिश काउन्सिलका एम्बेस्डर युवराज तिवारीको बिशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो । त्यस्तै कार्यक्रममा विद्यालयकी शिक्षिका माया शर्माले स्वागतगरेकी थिइन् भने भने अर्की शिक्षिका लक्ष्मी गुरुङले सञ्चालन गरेकी थिइन् ।
सो अवसरमा एपेक्स स्कूलका प्राचार्य दिपक गौतम, आइएसए कोर्डिनेटर सूर्य पौडेल,सञ्चारकर्मी बाबुराम गैरे, स्थानीय समाजसेवीहरु बेद गिरी, गोपिता थापा, रामचन्द्र चौधरी, ईश्वरी ज्ञवाली,लगाएतले अवार्ड प्राप्त गरेकोमा बधाई तथा शुभकामना प्रदान गरेका थिए ।
कार्यक्रममा अवार्ड प्राप्त गर्ने क्रममा विभिन्न परियोजना सञ्चालनमा सहयोग गर्ने शिक्षक,शिक्षिका, अभिभावक तथा अन्य अभिभावकहरुलाई सम्मान गरिएको विद्यालयले जनाएको छ ।
विद्यार्थीका शिक्षण सिकाई क्रियाकाप व्यवहारिक र अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउँदै लगिने उद्देश्यले विश्वभरका ३१ देशका विद्यालयमा ब्रिटिश काउन्सिलले यो अवार्ड प्रदान गर्दै आएको छ।
अवार्डका लागि नेपालबाट प्रत्येक वर्ष सयौं स्कूलले आवेदन दिने गर्छन्। अवार्ड प्राप्त गरेपछि सो स्कूलले अन्तराष्ट्रिय क्षेत्रका स्कूलहरुसँग एकअर्काका शिक्षण सिकाई क्रियाकलापहरु र विद्यार्थीका अनुभवहरु आदान–प्रदान गर्ने र ब्रिटिस काउन्सिलको लोगों ३ वर्षसम्म प्रयोग गर्न पाउँछन् भने पुन लोगों प्रयोग गर्न फेरि छनौट हुनुपर्छ।
प्रतिक्रिया