ताजा अपडेट »

शान्ति नमूनामा विद्यार्थी–शिक्षक पुनर्मिलन

शनिबार, २३ कार्तिक २०७६, २० : ५८
58 Shares
शनिबार, २३ कार्तिक २०७६
58 Shares


कार्तिक २३,
ग्लोबल आवाज
तिलोत्तमा । शान्ति नमूना माविमा वृहत पुनर्मिलन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । शान्ति विद्यालय अलुमनाई एशोसियसनको आयोजनामा शान्ति मावि मणिग्राममा आयोजना गरिएको २ दिने कार्यक्रम अन्तर्गत मूल समारोह शनिवार सम्पन्न गरिएको हो । कार्यक्रममा वि.स.२०३० सालभन्दा पहिले शान्ति नमूना माविमा अध्यापन गरेका १५ जना शिक्षक तथा वर्ष २०२४–२०२६ का एसएलसी उत्तीर्ण भै देशको विभिन्न क्षेत्रमा योगदान पुर्याएका भूपू विद्यार्थीहरुलाई अभिनन्दन गरिएको थियो ।

उक्त अवसरमा एलुम्नाई एशोसियसनद्वारा प्रकाशन गरिएको तथा भूतपूर्व विद्यार्थीहरुका अनुभव समेटिएको शान्ति स्मारिका समेत विमोचन गरिएको थियो । कार्यक्रमका विशिष्ट अतिथि सर्वोच्च अदालतका न्यायाधिस तेज बहादुर के.सी.ले शान्ति स्कूलका विद्यार्थीहरु देशका न्याय, प्रशासन, सुरक्षा, विज्ञान प्रविधि लगायतका क्षेत्रहरुमा उच्च स्थानमा पुगेर देशको सेवा गरिरहेको बताउदै विगतको इतिहास कायम राख्न एलुम्नाईले विद्यालय र समुदायलाई जोड्नुपर्र्ने बताए । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले रुपन्देहिको आर्थिक सामाजीक विकासमा शान्ती नमुनामा पढेकाहरुले उच्च भूमिका खेलेको बताउदै विद्यालयको स्तर बृद्धिसंगै विद्यालयलाई सहयोग गर्दै जानुपर्ने बताए ।

तिलोत्तमा नगरपालिकाका बासुदेव घिमिरेले नगरसरकारले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर बृद्धिका लागि विभिन्न योजना ल्याएको भन्दै सामुदायिक विद्यालयमा शान्ती नमुनाले खेलेको भूूमिका प्रति प्रशंसा व्यक्त गरे । वि.स. २०६६ मा गठन भएको अलुमनाइले हरेक वर्ष पुनमिृलन कार्यत्रक्रम गर्दै आएको र उक्त कार्यक्रमबबाट रकम संकलन गरि ७ लाख रुपैयाको अक्षयकोष स्थापना गरेर त्यसबाट कक्षा ११ र १२ मा अध्ययन गर्ने ४ जनालाई छात्रबृद्धि दिईदै आएको एलुम्नाइ एशोसियसनका अध्यक्ष होमनाथ अर्यालले बताए ।

एशोसिएसनका अध्यक्ष होमनाथ अर्यालको अध्यक्षता, विद्यालयका संस्थापक तथा जग्गादाता मणि परिवारका एक सदस्ये किशोरमणी दिक्षितको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा भूपू विद्यार्थीहरुले आकर्षक नृत्य समेत प्रस्तुत गरेका थिए । कार्यक्रम एशोसिएसनका सदस्य एवं पुर्व शिक्षक अर्जुन उपाध्यायको स्वागत एवं सचिव नन्दलाल बञ्जाडेको सञ्चालनमा सम्पन्न भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।