बुटवल । लुम्बिनी प्रदेशमा हुने सानादेखि ठूला हरेक गतिविधिमा देश भरिकै नै चासो हुने गर्दछ । राष्ट्रिय राजनीतिमा लुम्बिनी प्रदेशका नेताहरुको प्रभाव बढी भएकाले यहाँका सबै गतिविधिमा देशभरिकै ध्यान केन्द्रित हुने गरेको छ । लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने सबैजसो दलका नेताहरुले राष्ट्रिय राजनीतिमा राम्रै प्रभाव जमाएका छन्।
सरकारले बैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै लुम्बिनी प्रदेशसहित देशभरको राजनीतिक सर्गर्मी त बढेको नै छ लुम्बिनी प्रदेशबाट प्रतिनिधीत्व गर्ने सबै दलका केन्द्रिय नेताहरुले स्थानीय निर्वाचनलाई आफ्नो पक्षमा पार्र्न विभिन्न रणनीति अपनाएका छन् ।
सबै दलका प्रमुख नेता गत निर्वाचनमा आफ्नो पार्टीले जितेका तह आगामी निर्वाचनमा पनि जित निकाल्दै थप शक्ति आर्जन गर्ने रणनीतिमा छन् । लुम्बिनी प्रदेशसहित देशभर नै पहिलो पार्टी बनेको नेकपा एमालेलाई पार्टी विभाजनले गर्दा आगामी निर्वाचनमा गत निर्वाचनमा आफूले जितेका स्थानीय तहमा जित निकाल्न सबै भन्दा बढी चूनौति देखिएको छ । यद्यपी नेकपा एमालेले लुम्बिनी प्रदेशमा पार्टी विभाजनको प्रभाव कम परेको दाबी गर्दै आएको छ ।
कुन दलले कति तह जितेका थिए ?
लुम्बिनी प्रदेशका ४ उपमहानगरपालिका, ३२ नगरपालिका र ७३ गाउँपालिका गरी १०९ स्थानीय तह रहेका छन् । जसमध्ये २०७४ सालको निर्वाचनमा नेकपा एमाले ३ उपमहानगरपालिकासहित ४३ स्थानीय तहमा जित निकालेको थियो ।
नेपाली कांगे्रसले ३४, माओवादी केन्द्रले १९, संघीय समाजवादी फोरमले ६, राष्ट्रिय जनमोर्चा, मधेशी जनाधिकार फोरम र स्वतन्त्र उम्मेद्वारले २/२ र राप्रपाले १ स्थानीय तहको प्रमुखमा जित निकालेको थियो ।
२०७४ सालको निर्वाचनमा एमालेले रुपन्देहीमा ७, बाँकेमा ४, बर्दिया, दाङ, पाल्पा, गुल्मीमा नेकपा एमाले धेरै स्थानीय तहमा जित हात पारेको थियो भने कपिलवस्तु, अर्घाखाँची, नवलपरासीका धेरै तह नेपाली कांगेसले जितेको थियो । यस्तै नेकपा माओवादी केन्द्र रुकूम पूर्व र रोल्पामा बलियो देखिएको थियो । माओवादी केन्द्रले रुकूम पूर्वका ३ वटै तहमा जित निकालेको थियो । संघीय समाजवादी फोरमले रुपन्देही ३ र कपिलवस्तु २, बाँकेको १ स्थानीय तहमा जितेको थियो ।
राष्ट्रिय जनमोर्चाले प्युठानका दुई तहमा जित निकाल्दा राप्रपाले बाँकेको नेपालगंज उपमहानगरपालिकामा जित निकालेको थियो। गत निर्वाचनमा बुटवल उपमहानगरपालिकासहितका केही स्थानीय तहमा नेपाली कांग्रेस र माओवादी केन्द्रका बीच तालमेल गरेका थिए । निर्वाचन पछि मधेशी जनाअधिकार फोरम कांग्रेसमा विलय भएको छ भने प्रदेशका केही स्थानीय तहका प्रमुखहरुले पार्टी परिर्वतन गरेका छन्।
लुम्बिनी प्रदेशका १०९ पालिकाको प्रमुख पदको मतपरिमाण हेरौँ
रुपन्देही
१.बुटवल उपमहानगरपालिका–एमाले (२३२४९), कांग्रेस(२०८५१), जनमुक्ति(११५१)
२. तिलोत्तमा नगरपालिका–एमाले(२१८६८), कांग्रेस(१९०९४), माओवादी(२६५१)
३. देवदह नगरपालिका–कांग्रेस(१०२११), एमाले(१००९९), राप्रपा(६७६)
४. सैनामैना नगरपालिका–एमाले(१३०३६), कांगेस(१०३०५), माओवादी(२४१७)
५. सिद्धार्थनगर नगरपालिका–एमाले(६७०५), कांग्रेस(५२५०), राप्रपा(४६३७), माओवादी(३४०७)
६.लुम्बिनी सांस्कृतिक नगरपालिका–स्वतन्त्र(८१७५), संघीय समाजवादी(७०३९), मधेशी जनअधिकार(३५७५)
७. ओमसतिया गाउँपालिका–माओवादी(२४४२), संघीय समाजवादी(२३११), नेपाली कांग्रेस(२०११)
८. कंचन गाउँपालिका–एमाले(६७७७), कांग्रेस(५९६७), जनमुक्ति(६६१)
९.कोटहीमाई गाउँपालिका–संघीय समाजवादी(३३११), कांग्रेस(३१८९), स्वतन्त्र(३१४४)
१०. गैडहवा गाउँपालिका–संघीय समाजवादी(५४११), कांग्रेस(३४१८), एमाले(३१४८)
११. मर्चवारी गाउँपालिका–संघीय समाजवादी(३४०५), कांग्रेस(२१६६), स्वतन्त्र(२१२२)
१२. मायादेवी गाउँपालिका–कांग्रेस(२८१६), स्वतन्त्र(२२५२), बहुजन पार्टी(२०५६)
१३. रोहिणी गाउँपालिका–संघीय समाजवादी(३७६०), राप्रपा(३५४२), कांग्रेस(२४५१)
१४. शुद्धोधन गाउँपालिका–एमाले(५३७१), कांग्रेस(५०१६), संघीय समाजवादी(२०८२), माओवादी(१३४८)
१५. सम्मरीमाई गाउँपालिका–मधेशी जन अधिकार(३०६६), कांग्रेस(२१९६), स्वतन्त्र(१९७९)
१६. सियारी गाउँपालिका–एमाले(६०५२), कांग्रेस(५४००), संघीय समाजवादी(२४९८)
बाँके
१. कोहोलपुर नगरपालिका– एमाले(९००७), कांग्रेस (८९२४), माओवादी (६२२१)
२. खजुरा गाउँपालिका– एमाले (८०७०), कांग्रेस (४९५४), माओवादी (६८९२)
३ जानकी गाउँपालिका– एमाले (३०८३), कांग्रेस (३००९), संघीय समाजवादी (२१५८), माओवादी(१९३४)
४. डुडुवा गाउँपालिका–कांग्रेस (४६९१), संघीय समाजवादी (४१९२), एमाले(१४६६), माओवादी (९३७)
५–नरैनापुर गाउँपालिका– संघीय समाजवादी(४०८०), कांग्रेस(३३८८), एमाले(१८७२), माओवादी(५७८)
६.नेपालगंज उपमहानगरपालिक, राप्रपा(१२५१५), कांग्रेस(८७३०), माओवादी(७१९८), एमाले(६९६५)
७. बैजनाथ गाउँपालिका, एमाले (९७७२), कांग्रेस(६५७६), माओवादी (५३६३)
८. राप्ति रोनारी गाउँपालिका, कांग्रेस (८२३६), एमाले(६९००), माओवादी(६६६४)
बर्दिया
१. गुलरिया नगरपालिका, कांग्रेस (६२०७), एमाले(५७३६), माओवादी (४९०४)
२. गेरुवा गाउँपालिका, कांग्रेस (६००३), माओवादी(५१५८), एमाले(२७०९)
३. ठाकुरबाबा नगरपालिका, एमाले (७०७४), माओवादी(६९५५), कांग्रेस(४५४०)
४. बढैयाताल गाउँपालिका, एमाले (८१९८), माओवादी(६८९६), कांग्रेस(४९६१)
५. बारबर्दिया नगरपालिका, माओवादी(११०४२), एमाले(८६४५), कांगे्रस(८१९९)
६.बासगढी नगरपालिका, एमाले (८७७५), माओवादी(७८२२), कांग्रेस(६४७६)
७. मधुवन नगरपालिका, माओवादी(८४३१), एमाले(५९२३ ), कांगे्रस(५४३१)
८. राजापुर नगरपालिका, माओवादी(९५३५), कांगे्रस(८८८३), एमाले(५२३५)
दाङ
१. गढवा गाउँपालिका, एमाले(३६७७), माओवादी(३३०४), कांग्रेस(३०३१)
२. घोराही उपमहानगरपालिका, एमाले(२२०३०), कांग्रेस(१७४८४), माओवादी(१२०८२)
३. तुलसीपुर नगरपालिका, एमाले(२२८५७), कांग्रेस(१८९०३), माओवादी(८६९३)
४. दंगीशरण गाउँपालिका, एमाले(३१६१), कांग्रेस(२८४१), माओवादी(२४८५)
५.बंगालचुली गाउँपालिका, माओवादी(३३५२), कांग्रेस(२५१५), एमाले(१६३४)
६. बबई नगरपालिका, एमाले(४२७१), कांग्रेस(३९५९), माओवादी(२५४३)
७. राजापुर गाउँपालिका, कांग्रेस(२३९५),माओवादी(१८५८), एमाले(१७८१)
८. राप्ति गाउँपालिका, कांग्रेस(४७९७),माओवादी(३९४२), एमाले(३५५७)
९. लमही नगरपालिका, एमाले(५१५२), कांग्रेस(५०६९), माओवादी(४०८१)
१०. शान्तिनगर नगरपालिका, कांग्रेस(३८५२) एमाले(२९२४), माओवादी(२८३७)
रोल्पा
१. त्रिवेणी गाउँपालिका, एमाले(३३३३), माओवादी(३११२), कांग्रेस(९८४)
२. थवाङ गाउँपालिका– माओवादी(१९९०), कांग्रेस(९६५), एमाले(१२०)
३. दुईखोली गाउँपालिका, माओवादी(४६०८), कांग्रेस(१९८९), एमाले(६५९)
४. माडी गाउँपालिका, माओवादी(३१८२), कांग्रेस(२६२१)
५. रुन्टीगढी गाउँपालिका, एमाले(३४०२), कांग्रेस(३२७९), माओवादी(३१०८)
६. लुङग्री गाउँपालिका, कांग्रेस(३१२५), माओवादी(२९१०), राप्रपा(१०११), एमाले(७०९)
७. सुकिदह गाउँपालिका, माओवादी(२४१४), एमाले(२२९०), कांग्रेस(२२६१)
८. सुनछहरी गाउँपालिका, माओवादी(२५६१), कांग्रेस(११३६), एमाले(९४७)
९. सुवार्णवती गाउँपालिका, माओवादी(४१५५), कांग्रेस(३०६०), एमाले(१०१९)
१०. रोल्पा नगरपालिका, माओवादी(५६३४), कांग्रेस(३८२७), एमाले(४७८)
रुकूम पूर्व
१. पुथा उत्तरगंगा गाउँपालिका, माओवादी(२५५१), एमाले(१२३६), कांग्रेस(१११४)
२. भुमे गाउँपालिका, माओवादी(३४८२), कांग्रेस(१७१४), एमाले(४४२)
३.सिस्ने गाउँपालिका, माओवादी(३२९६), कांग्रेस(२४७१), एमाले(४६)
प्यूठान
१. ऐरावती गाउँपालिका, कांग्रेस(२४९०), एमाले(२४७४), जनमोर्चा (२२२२)
२. गौमुखी गाउँपालिका, कांग्रेस(३७४२), जनमोर्चा (२५६४), एमाले(२३२३)
३. झिमरुक गाउँपालिका, जनमोर्चा(३६६०), माओवादी(२७८२), एमाले(२२३७)
४. नौवहिनी गाउँपालिका, कांग्रेस(५७३७), एमाले(३५७५)
५.प्यूठान नगरपालिका, माओवादी(५३१३), एमाले(४२५३), कांग्रेस(३२५८)
६.मल्लरानी गाउँपालिका, जनमोर्चा(२३२८), एमाले(१६८३), कांग्रेस(१६३१)
७. माण्डवी गाउँपालिका, एमाले(१७५३), माओवादी(१७४१), कांग्रेस(१४८५)
८. सरुमारानी गाउँपालिका, एमाले(३६७७), माओवादी(२२४१), कांग्रेस(१४८०)
९.स्वर्गद्वारी नगरपालिका, एमाले(४५९८), जनमोर्चा(३६४५), कांग्रेस(२९६६)
पाल्पा
१ तानसेन नगरपालिक, एमाले(१०४५०), कांग्रेस(८०६७), माओवादी(११३७)
२. तिनाउ गाउँपालिका, एमाले(२८१०), कांग्रेस(२७०७), माओवादी(२३८८)
३. निस्दी गाउँपालिका, एमाले(५३२०), कांग्रेस(२९२३), संघीय समाजवादी(५३)
४. पूर्वखोला गाउँपालिका, एमाले(५६३६), कांग्रेस(१७३२), स्वतन्त्र(१७३)
५. बगानसकाली नगरपालिका, कांग्रेस(५५९४), एमाले(५३४६), जनमुक्ति(१४६)
६. माथागढी गाउँपालिका, कांग्रेस(५७९९), एमाले(३८०६), स्वतन्त्र(१८३)
७. रम्भा गाउँपालिका, एमाले(४७६७), कांग्रेस(४०९८), माओवादी(३२३)
८. रामपुर नगरपालिका, कांग्रेस(८८८५), एमाले(७६७६), जनमोर्चा(११४)
९.रिब्दिकोट गाउँपालिका, एमाले(३६९३),माओवादी(२४४८), कांग्रेस(२५५६)
१० रैनादेवी छहरा गाउँपालिका, कांग्रेस(५१४६), एमाले(४९४३), माओवादी(२०३९)
गुल्मी
१.ईस्मा गाउँपालिका, एमाले(५०५५), कांग्रेस(४०००), माओवादी(५६९)
२. कालीगण्डकी गाउँपालिका, कांग्रेस(४२८९), एमाले(३७७०),राप्रपा(४१)
३.गुल्मीदरवार गाउँपालिका, कांग्रेस(५५७५), एमाले(४७५०), माओवादी(२४४)
४. चन्द्रकोट गाउँपालिका, कांग्रेस(३३४०), एमाले(३०६२), माओवादी(२२३८)
५. छत्रकोट गाउँपालिका, एमाले(५५५१), कांग्रेस(५१५४)
६. धुर्कोट गाउँपालिका, माओवादी(५११६), एमाले(४७५३ )
७. मदाने गाउँपालिका, एमाले(४४२३), कांग्रेस(२९५७), माओवादी(७२५)
८. मालिका गाउँपालिका, एमाले(४०४२), कांग्रेस(३४४७), माओवादी(२०४०)
९.मुसिकोट नगरपालिका, एमाले(६६६८), कांग्रेस(५५८७), माओवादी(७१३)
१०. रुरु गाउँपालिका, एमाले(५२२२), माओवादी(३७६३)
११. रेसुङ्गा नगरपालिका, एमाले(६४०५), कांग्रेस(६२१८), माओवादी(४४३)
१२. सत्यवती गाउँपालिका, कांग्रेस(५१९७), एमाले(५१५३)
कपिलवस्तु
१ कपिलवस्तु नगरपालिका, कांग्रेस(९२५४), स्वतन्त्र(५६३१), संघीय समाजवादी(४०५४)
२. कृष्णनगर नगरपालिका, स्वतन्त्र(७१७८), माओवादी(३०८०), राप्रपा(२४३०)
३ बाणगंगा नगरपालिका, कांग्रेस(१५७३८), एमाले(१५२७८), जनमोर्चा(४०४)
४. बुद्धभूमी नगरपालिका, कांग्रेस(१००६३), एमाले(९९२६), संघीय समाजवादी(१७८२), माओवादी(१५६३)
५. महाराजगंज नगरपालिका, कांग्रेस(७७२४), स्वतन्त्र(६७४५), राप्रपा(७४९)
६. मायादेवी गाउँपालिका, संघीय समाजवादी(४७११), कांग्रेस(३३५२), मधेशी जन अधिकार(१९५८)
७. यसोधरा गाउँपालिका, कांग्रेस(३२७५), स्वतन्त्र(३१५५), नयाँ शक्ति(२२०३)
८. विजयनगर गाउँपालिका, एमाले(३५१२), स्वतन्त्र(३२८४), स्वतन्त्र(१६०५)
९.शिवराज नगरपालिका, एमाले(६१५५), संघीय समाजवादी(४७६२), राप्रपा(२६७१)
१० शुद्धोधन गाउँपालिका, स्वतन्त्र(१८३७), स्वतन्त्र(१७६३), मधेशी जन अधिकार(१७३८)
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)
१. सुस्ता गाउँपालिका, एमाले(३५११), कांग्रेस(२९५२), माओवादी(१४१३)
२. पाल्हीनन्दन गाउँपालिका, माओवादी(४४१०), कांग्रेस(३९२४), संघीय समाजवादी(२११४)
३. प्रतापपुर गाउँपालिका, कांगे्रस(४४३६), मधेशी जनअधिकार(३७२७), एमाले(१५६३)
४. बर्दघाट नगरपालिका, एमाले(१२८१४), कांग्रेस(११७७४), माओवादी(१८५०)
५. रामग्राम नगरपालिका, कांग्रेस(५८५६), एमाले(४५३०), राप्रपा(३८४४)
६. सरावल गाउँपालिका, मधेशी जनअधिकार(५०४५), कांग्रेस(३९१६), एमाले(१८४१), माओवादी(१६३३)
७.सुनवल नगरपालिका, कांगे्रस(९७०७), एमाले(९१८२), माओवादी(३५३५)
अर्घाखाँची
१. सितंगगा नगरपालिका, कांग्रेस(८६७७), एमाले(६९९०), जनमोर्चा(१३७)
२. सन्धिर्खक नगरपालिका, कांग्रेस(८२३०), एमाले(७१२७), जनमोर्चा(५७८)
३. भूमिकास्थान नगरपालिका, माओवादी(५३२०), जनमोर्चा(४५४२), एमाले४७०१)
४. पाणिनी गाउँपालिका, कांग्रेस(५९७७), एमाले(५४८५), माओवादी(८१४)
५. छत्रदेव गाउँपालिका, कांग्रेस(६१६७), एमाले(५०६५), माओवादी(९३२)
६ मालारानी गाउँपालिका , एमाले(६५०३),माओवादी(५५०४), जनमोर्चा(५६०)
स्रोत निर्वाचन आयोग
प्रतिक्रिया