ताजा अपडेट »

जनभावना बिद्यालयमा ४ दिने आयुर्वेद तथा योग शिक्षा सुरु

शुक्रबार, २२ कार्तिक २०७६, १६ : २८
82 Shares
शुक्रबार, २२ कार्तिक २०७६
82 Shares

कार्तिक २२,
ग्लोबल आवाज
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका आयुर्वेद शाखा करहियाको आयोजनामा शुक्रबार बिद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सुरु भएको छ । तिलोत्तमा–८ दिपनगर स्थित जनभावना माध्यमिक विद्यालयमा शुरु भएको कार्यक्रमको उद्घाटन गर्दै वडा अध्यक्ष कृष्ण प्रसाद पौडेलले एक÷दुई ठांउमा मात्र नभएर हरेक बिद्यालयका बिद्यार्थीलाई आयुर्वेद तथा योगको शिक्षा दिनुपर्ने खाँचो औल्याए ।

कार्यक्रममा करहिया आयुर्वेद औषधालयका कार्यबहाक प्रमुख अरुण कुमार महतोले आयुर्वेद चिकित्सा हाम्रो मौलिक चिकित्सा पद्दती भएकोले बिद्यालयस्तरबाट नै यसबारेमा बुझाउनु जरुरी रहेको बताए । उनले स्वस्थ जीवनयापनका लागि आयुर्वेद शिक्षामा जोड दिनुपर्ने खाँचो औंल्याए । सहभागी विद्यार्थी रिजा थापाले योग र आयुर्वेदका कुरा सुनेको भएपनि प्रयोग नगरेको बताउँदै कार्यक्रमबाट योग शिक्षा सबैका लागि अनिवार्य भन्ने कुरा बुझेको बताइन् । अर्का सहभागि धनी खत्रीले नियमित योगाले आफूलाई शरिरमा छुट्टै उर्जा मिलेको महशुसु हुने भनूभवन सुनाईन् । ४ दिनसम्म सञ्चालन हुने योगाभ्यासको उद्घाटन कार्यक्रमको अध्यक्षता गर्दै विद्यालय ब्यावस्थापन समितीका अध्यक्ष लालबहादुर थापाले कार्यक्रममा सहभागी सबैलाई शुभकामना व्यक्त गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।