बुटवल । तिनाउ नदीको बगरले परिचित रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ६ को १० नम्बर चोक नजिकैको नदी तटीय तिनाउ पार्क अहिले सुन्दर रमणिय एबम पर्यटकीय स्थलका रुपमा विकास भएको छ ।
यो पार्कमा एक पटक पुग्नै पर्ने स्थलका रुपमा नवजिवन क्लव, नवजिवन बचत तथा ऋण सहकारी संस्था र तिलोत्तमा पार्कको विशेष पहलमा निर्माण गरिएका संरचनाले यस्तो वनाएको हो । नदीको बगरलाई संरक्षण गरि राखिएको १२ विगाहा क्षेत्रफमा अहिले तिलोत्तमा पार्क, खेलमैदान, कवडहल, पिक्निक स्पोर्टस, लगायतका संरचना वनाईएको छ । सोही पार्क भित्र नवजिवन बचत तथा ऋणसहकारी संस्थाले निर्माण गरेकोे मयुर पार्कको सोमवार लुम्बिनी प्रदेशका पूर्व उद्योग तथा पर्यटन मन्त्री लिला गिरीले उद्घाटन गरे ।
पूर्व उद्योग तथा पर्यटन मन्त्री गिरीले नदीको बगर उराठ लाग्दो स्थल अहिले सुन्दर पार्कमा परिणत हुनुले आफ निकै लालाहित भएको बताउदै सहकारीले सामाजिक उत्तरदायीत्व अनुसार गरेको कामको अरुले पनि अनुसरण गर्न आह्वान गरे । क्लव र सहकारीले गरेको विकास निर्माणको पवित्र कार्यले सरकारलाई समेत सन्देश मिलेको तिलोत्तमा नगरपालिका वडा नम्बर ४ का अध्यक्ष दीवाकर ढकालले बताए।
सहकारीका अध्यक्ष नारायण पाठकले पार्कको स्वामित्व हस्तान्त्ररण गदै गर्दा नदीको बगरमा पार्क वनाउने सोच बनाउदा मुर्ख भएको महशुष लागेकोमा अहिले त्यो स्थल सुन्दर रमणिय पार्कको रुपमा परिणत हुदां गव लागेको पार्कका अध्यक्ष दीपक पाठकको भनाई रहेको छ ।
नवजिवन क्लवका अध्यक्ष तथा कार्यक्रमका संयोजक गोविन्द भुसालले सहकारीले आर्थिक कारोवार मात्र नभई सामाजिक क्षेत्रमा पनि योगदान गर्नु पर्छ भनी पार्कमा लगानी गरेको बताए।
नवजिवन बचत तथा ऋणसहकारी संस्थाको स्थापनको अवसरका आयोजित मयुर पार्क हस्तान्त्ररण समारोहमा सहकारी अभियान्ता भरत भुसाल, माधवलाल देवकोटा,राजनैतिक व्यक्तित्व सुरेन्द्र बर्मा, सहकारीका उपाध्यक्ष मित्र बन्धु पाठक, मयुर पार्क निर्माण समिति संयोजक कृष्ण केसी लगायतले नवजिवन सहकारीले गरेको सामाजिक कार्यको अन्य सहकारीहरुले अनुसरण गर्न जरुरी औल्याएका छन।
प्रतिक्रिया