ताजा अपडेट »

विद्यार्थीहरुका लागि प्रेरणात्मक कार्यक्रम

विहीबार, २१ कार्तिक २०७६, १६ : ०९
2 Shares
विहीबार, २१ कार्तिक २०७६
2 Shares

कार्तिक २१,
ग्लोबल आवाज

बुटवल । प्लस टू र स्नातक तह अध्ययन गर्ने विद्यार्थीहरुलाई प्रेरित गर्ने उद्देश्यले रुपन्देहीका क्याम्पसहरुमा मोटिभेश्नल कार्यक्रम सुरु भएको छ । सामाजिक क्षेत्रमा काम गर्ने संस्था ड्याड नेपालको आयोजना र विशेषगरी जापानिज भाषा प्रशिक्षण र जापान जाने विद्यार्थीहरुलाई परामर्श गर्दै आएको सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा कार्यक्रम सुरु भएको हो । यस अघि नवलपुरका क्याम्पसहरुबाट सुरु भएको कार्यक्रम बिहीबारदेखि रुपन्देहीको बुटवल स्थित सिद्धार्थ इन्टरनेश्नल कलेजबाट सुरु गरिएको कार्यक्रमका प्रस्तोता इश्वर गैरेले बताए । कार्यक्रमको मूख्य प्रायोजक सेन्ट्रल कलेजले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी कार्यक्रम बारे जानकारी गराएको हो ।

सो अवसरमा सेन्ट्रल कलेजका प्रमुख तथा प्रबन्ध निर्देशक वाई .बी.पौडेलले कलेजले विद्यार्थीहरुको क्षेत्रमा काम गर्दै आएको हुँदा क्याम्पस तहका धेरै भन्दा धेरै विद्यार्थीहरुलाई जीवनमा प्रेरित हुनेगरी प्रेरणादायी कार्यक्रम गर्ने उद्देश्यले कार्यक्रमका लागि सहयोग गरेको बताए । उनले भने ‘हामी विभिन्न सामाजिक तथा युवाहरुको क्षेत्रमा सहयोग र प्रवद्र्धन गर्ने प्रयास र उद्देश्यका साथ अघि बढिरहेका छौं । यसै क्रममा रुपन्देहीमा पनि केही गरौं भन्ने सोँचका साथ विद्यार्थीहरुका लागि प्रेररात्मक कार्यक्रम सुरु गरेका छौं ।’ प्रेरणादायी कार्यक्रमका सहजकर्ता तथा प्रस्तोता इश्वर गैरेले प्लस टूू र स्नातक तह अध्ययन गर्ने विद्यार्थीहरुमा जीवन र भविष्यका विषयमा चिन्ता,गम्भिरता र डर बढि हुनाले उनीहरुको अन्यौलता र डरलाई कम गर्नका लागि सो तहका विद्यार्थीहरुलाई लक्षित गरी कार्यक्रम सुरु गरेको बताए । उनले भने ‘विशेषगरी यस तह रउमेर समूहका विद्याथीहरुमा जीवनका यथार्थताहरुमा स्विकारोक्ति,आत्माविश्वास,प्रोत्साहनर सही निर्णय लिनका लागि प्रोत्साहन हुनेगरी हामी प्रशिक्षण गर्दछौं ।’

अभियानका रुपमा सुरु गरिएको कार्यक्रम अन्तर्गत बुटवलका सबै क्याम्पसहरुमा विद्यार्थीहरुलाई प्रशिक्षण गरिने सेन्ट्रल कलेज,बुटवल शाखा प्रमुख अञ्जु ज्ञवालीले जानकारी गराइन् । उनका अनुसार कार्यक्रममा सहभागि हुने विद्यार्थीले कुनै शुल्क तिर्नु पर्दैन । सन् २०१० मा काठमाण्डौंमा मुख्य कार्यालय रहने गरी स्थापित तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त सेन्ट्रल कलेज अफ भोकेश्नल ट्रेनिङका देशभर २१ शखा रहेको बताउँदै जापानिजद्वारा जापानी भाषा प्रक्षिण गर्ने यस कलेज नेपालकै अग्र स्थानमा रहेको प्रबन्ध निर्देशक पौडेलले दावी गरे । पत्रकार सम्मेलनको सञ्चालन ड्याड नेपालका कार्यक्रम संयोजक घनश्याम सुवेदीले गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।