ताजा अपडेट »

शान्ति नमूनामा वृहत पुनर्मिलन कार्यक्रम हुदै

विहीबार, २१ कार्तिक २०७६, १५ : ०२
24 Shares
विहीबार, २१ कार्तिक २०७६
24 Shares

कार्तिक २१,
ग्लोबल आवाज

तिलोत्तमा । शान्ति नमूना मावि मणिग्राममा कार्तिक २२ र २३ गते पुर्व विद्यार्थी तथा शिक्षकहरुको वृहत पुनर्मिलन तथा सम्मान कार्यक्रम हुने भएको छ । वि.स. २००३ सालमा सरदार राममणि आदिले स्थापना गरेको विद्यालयले २०१६ सालमा सरकारी अनुमति प्राप्त गरेको थियो । सरकारी अनुमति पाएको ६० वर्ष पुगेको अवसरमा शान्ति विद्यालय एलुम्नाइ एशोसियसनले वि.सं.२०२० को दशकमा शान्ति नमूना माविबाट एसएलसी उत्तीर्ण गरि बिभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका पुर्व विद्यार्थीहरु र तत्कालिन शिक्षकहरुलाई सम्मान गर्ने कार्यक्रम सहित वृहत पुनर्मिलन कार्यक्रम आयोजना गर्न लागिएको हो ।

एलुम्नाइ एशोशियसनले पुनर्मिलन कार्यक्रम अन्तर्गत कार्तिक २२ गते निशुल्क मधुमेह परिक्षण र रक्तदानका साथै भूपू विद्यार्थीहरु विचमा मैत्रीपूर्ण फुटबल लगायत अन्य खेलकुदका कार्यक्रमहरु गर्ने कार्यक्रम तय गरेको छ । त्यसैगरी कार्तिक २३ गते विद्यार्थीहरुको पुनर्मिलन, विद्याथी तथा शिक्षक सम्मान र स्मारिका विमोचनको कार्यक्रम रहेको पुनर्मिलन कार्यक्रमका संयोजक नर बहादुर कंडेलले जनाएका छन् । रुपन्देही जिल्लाबाट वैज्ञानिक, चिकित्सक, प्रशासक, शिक्षक प्राध्यापक हुने पहिलो पुस्ताका व्यक्तिहरु मध्ये अधिकांश शान्ति नमूना माविका पुर्व विद्यार्थीहरु रहेकोले उनिहरुलाई एकै थलोमा भेला गरेर अनुभवहरु साटासाट गर्ने र उनीहरुलाई रुपन्देही जिल्लामा योगदान गर्न प्रेरित गर्नको लागि वृहत पुनर्मिलन तथा सम्मान कार्यक्रम आयोजना गरिएको शान्ति एलुम्नाई एशोसियसनका अध्यक्ष होमनाथ अर्यालले बताउछन ।

शान्ति नमूनामा विविन्न समयमा अध्ययन गरेका विद्यार्थीहरुको सक्रियतामा वि.स. २०६६ साल एलुम्नाइ एशोसियसनको गठन गरिएको थियो । यस सस्थाले सहयोग संकलन गरेर शान्ति नमूना माविमा ७ लाख रुपैयाको अक्षयकोष स्थापना गरेको छ र यो अक्षयकोषले हरेक वर्ष २ जना विद्यार्थीहरुलाई छात्रवृति प्रदान गर्दै आएको छ । सस्थाले गरिव बिरामी विद्यार्थीहरुलाई आर्थिक सहयोग गर्ने र शिक्षकहरुलाई सम्मान गर्ने लगायतका कामहरु गर्दै आएको छ । प्रत्येक वर्ष काठमाण्डौमा पुनर्मिलन कार्यक्रम गर्दै आएको एशोशियसनले पहिलोपटक रुपन्देहीमा कार्यक्रम गर्न लागेको हो । कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको एशोसियसनले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।