राज्य सञ्चालनका लागि आवश्यक पर्ने सबै प्रकारका नीति तथा नियमहरु निमार्ण गर्ने र तिनीहरुको व्यवहारिक कार्यान्वयन गर्ने व्यवस्थित नीतिका रुपमा राजनीतिलाई बुझ्ने गरिन्छ । कुनै राज्यका नागरिकहरुले कस्तो प्रकारको जीवन पद्धतीलाई अपनाउन बाध्य छन् भन्ने कुराको जानकारी त्यो देशका पार्टीहरुले अपनाएको राजनैतिक दर्शन र सोको व्यवहारिक पक्षलाई अध्ययन गरेमा सजिलै प्राप्त गर्न सकिन्छ ।
विश्वको राजनैतिक ईतिहासलाई अध्ययन गर्दा देशको राजनैतिक यात्रामा खराब पात्र तथा गलत राजनैतिक प्रवृतिले प्राथमिकता पाउने समुहमा आफूलाई सुचिकृत गरेको छ । जहाँ यस प्रकारको अवस्था रहन्छ ती देशहरुले आफूलाई सक्षम देशका रुपमा दर्ज गर्नमा चुकेको पाईन्छ । कुनै पनि मुलुकमा अभ्यास गरिएको राजनैतिक विचारले सामाजिक न्यायसहितको समतामूलक समाज निर्माणको कार्यभार पूरा गर्न चुकेमा त्यस्तो राजनीतिलाई अवैज्ञानिक राजनीति कार्यक्रम भन्ने गरिन्छ । जसको गतिलो उदाहरणका रुपमा नेपाली राजनीतिलाई बुझ्न सकिन्छ ।
राजनीति समाजको वास्तविक अवस्थाको बारेमा तथ्य पत्ता लगाउने व्यवहारिक विज्ञान हो । जसका माध्यमबाट सामाजिक रुपान्तरणका लागि महत्वपूर्ण कार्ययोजनाहरुको निर्माण गरिन्छ । यति मात्रै नभएर यसैका आधारमा बाँकी विश्वसँग सम्बन्ध स्थापित गराउने कुटनीति समेत निर्माण गरिन्छ । देशमा अपनाएको राजनैतिक प्रणाली र त्यसका अगुवाहरुको चिन्तन र कार्यशैलीमा एकरुपता हुन सकेन भने नागरिकहरुमा नैरासता र व्यवस्था प्रति वितृष्णा उत्पन्न हुने गर्दछ । नेपालको २१ औं शताब्दीको इतिहासमा धेरैवटा महवपूर्ण राजनैतिक घटनाहरु भए । जसले देशको भावी राजनीतिक यात्रालाई सहि तरिकाले दिशा निर्धारण गर्न सकिरहेका छैनन् ।
वि.स. २००७ सालमा स्थापना भएको प्रजातन्त्र २०१७ सालमा विघटन हुनु । त्यसपछि २०१७ देखी २०४६ सम्म देशमा निर्दलिय पञ्तायती व्यवस्था सञ्चालनमा आउनु पनि तत्कालिन राजनीतिमा स्पष्ट कार्यक्रम र कार्यदिशाको अभाव नै मुख्य रहेको पाईन्छ । वि.स.२०४६ मा प्रजातन्त्रको पुनःस्थापना हुनु यस्तै एउटा महत्वपूर्ण घटना थियो । त्यसपछि वि.स. २०५१ मा माओवादी विद्रोहको थालनी, २०५८ र २०५९ मा राजाद्वारा आंशिक र पूर्णरुपमा राज्य सत्ता आफ्नो हातमा लिनुलाई नेपाली राजनीतिका महत्वपूर्ण घटनाहरुका रुपमा मात्रै नलिएर देशको राजनीति बाह्य हस्तक्षेप र ईसारामा चलेको थियो भन्ने कुराको यर्थाथ संकेतका रुपमा लिन सकिन्छ । यी र यस्तै अन्य राजनीतिक घटनाहरुबाट नेपाली राजनीति बिरामी अवचारथामा सञ्चालित भएको प्रमाणित भएको छ ।
वि.स. २००७ देखि अस्थिर बिरामी अवस्थाबाट सञ्चालित भएको नेपाली राजनीतिलाई ठिक पार्नको लागि वि.स. २०६८ मा पहिलो पटक संवैधानिक संविधान सभाबाट संविधान जारी गरि उपचार गर्ने उद्देश्यले निर्वाचन भएको थियो । यसले देशको बिगरिएको राजनीतिलाई पूर्ण स्वास्थ्यका साथ अगाडी बढाउन सकेन । जसको परिणाम स्वरुप पुनः २०७० मा निर्वाचन नामक अर्को किमो नेपाली रानजीतिमा चढाउने कार्य भयो । जसको ऐतिहासिक सफलताको रुपमा २०७४ सालमा ७० वर्ष देखी जनताका प्रतिनिधिबाट नेपालको संविधान जारी हुनुलाई लिइएको छ । २०७४ सालमा जारी भएको संविधानको विरोधमा भारतबाट नेपालको आन्तरिक मामिलामा सिधा हस्तक्षेप गरी ६ महिना लामो नाका बन्दी भयो ।
जुन घटनाले पनि नेपाल र नेपाली राजनीतिक स्वास्थ्यको परिक्षण विदेशी राजनैतिक डाक्टरहरुको हातमा रहेको प्रमाणित भएको छ । नेपालको राजनैतिक प्रणाली वि.सं. २००७ सालमा दिल्लीमा भएको त्रिपक्षिय सन्धिबाट बिरामी हुन सुरुवात गरेको हो । तत्कालिन समयमा राजा, राणा र नेपाली कांग्रेसले आन्तरिक राजनीतिमा आवश्यकता भन्दा बढि पक्षमा भारतलाई स्थान दिएको कारणले गर्दा करिब ७० वर्षको ईतिहासमा नेपाल व्यवहारिक रुपमा नेपाली अर्थ राजनीतिमा भारतिय प्रभाव परिरहेमो छ ।
वि.सं. २०४६को प्रथम जनआन्दोलनको सफलता प्राप्ति पछि देशको राजनीतिले सहि लय समात्ने आकलन गरिएको थियो । जसले २०६३ साल सम्म आम जनताको जीवनस्तरमा आमूल परिवर्तन ल्याउन असफल रह्यो । जसका कारणले २०६२÷६३ मा दोस्रो जनआन्दोलन समेत भएको थियो । नेपालीहरुले आम जनजीवनमा सकारात्मक तथा गुणस्तरीय रुपान्तरणका लागी वर्तमान नेपाली राजनीति र राजनीतिज्ञको विचार पूर्ण रुपमा काम नलाग्ने अवस्था भएकोले नेपाली राजनीति निरन्तर बिरामी अवस्थामा छ भन्न सकिन्छ ।
वर्तमान समयमा नेपाली राजनीतिमा विदेशी शक्तिराष्ट्रहरुको प्रवाह र दबाव अत्यधिक मात्रामा परेको छ । वि.स. २०७७ पौषमा पहिलो पटक संसद विघटन भएपछि तत्कालिन नेकपा जोगाउनका लागी चिनको प्रयास र नेकपा फुटाउन भारत र अमेरिकाले गरेको सिधा हस्तक्षेपले समकालिन नेपाली नेताहरुले आफ्नो राजनैतीक स्वार्थका लागि कसरी विदेशी प्रभुहरुसँग सहकार्य गरि नेपालको अस्तित्व बन्धकीमा राख्छन् भन्ने कुरालाई संकेत गरेको छ । नेपालको राजनीति आफ्नै इतिहासमा वर्तमानमा जति धेरै विदेशीहरुको प्रयोगशाला कहिल्यै भएको पाइँदैन ।
नेपाली राजनीतिमा युवालाई नेतृत्वदायी भुमिकामा आउन नदिनु र सहभागितामूलक तवरले आएका युवाहरुमा पनि राजनैतिक इमानदारिता, शुशासन र देश विकासका लागि प्रभावकारी एवम् हस्क्षेपकारी कार्ययोजनाहरु नहुनुले पनि नेपाली राजनीतिलाई गिजोलेको छ । देशका सबै राजनैतिक पाटिहरुमा सामाजिक आर्थिक पूर्वाधारको विकासका लागी स्पष्ट योजना नहुनुु ,उनिहरुको व्यक्तिगत जीवन आरामदायी हुनु र जसलाई जुनसुकै हालतमा भए पनि निरन्तरता दिन चाहनुले नेपाली राजनीति बिरामी हुन पुगेको हो । सत्ता र शक्तिका लागि मरिहत्ते गर्ने विद्यमान राजनैतिक नेतृत्व र प्रणाली रहेसम्म नेपालको राजनीति सही गतिका साथ अगाडि बढ्न सक्दैन।
मुलुकको शान्ति र समृद्धिमा राजनीतिक अवस्था र स्थिरताको महत्वपूर्ण भूमिका हुन्छ । लामो समयको राजनीतिक अस्थिरताले मुलुकको विकास र आर्थिक अवस्थालाई धेरै पछाडि पारेको छ। विभिन्न आन्दोलन र उपलब्धी पश्चात् पनि नेपालमा राजनीतिक स्थिरता नहुँदा गम्भीर समस्या मात्रै होइन,संकटकै जोखिम छ ।
प्रतिक्रिया