बुटवल । ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले बुधबार आह्वान गरेको नेपाल बन्दको असर बुटवलमा आशिंक परेको छ ।
बुटवलबाट छुट्ने लामो तथा छोटो दुरीका सार्वजनिक सवारी साधन चलेका छैन् भने नीजि सवारी साधन भने सडकमा गुडेका छन् ।
यस्तै बन्दका कारण यहाँका सबै सरकारी तथा नीजि शैक्षिक संस्था बन्द रहेका छन् । बजारहरु भने फ्याट फुट खुलेका छन्। बुटवलका मुख्यमुख्य चोकमा प्रहरी तैनाथ रहेका छन् । यसैबिच बुटवलमा बन्द गराउँदै हिडेका ९ जना बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको छ । मोर्चामा सहभागि नेता–कार्यकर्ता पक्राउ परेको बिप्लव नेतृत्वको नेकपाले जनाएको छ । गिरफ्तारमा पर्नेहरुमा नेकपा रुपन्देहीका जिल्ला सदस्य नविन थारु (नाथु), युवाका संयोजक सन्तोष सुवेदी, माधव न्यौपाने, रामबहादुर थारु,नेकपा क्रान्तिकारी माओवादीका नेता प्रेम सुवेदी, प्रगति राना, राजु भुजेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका शसी विक, तुलराज विक लगायत नेता कार्यकर्ता छन् ।
अमेरिकी सहयोग परियोजना (एमसीसी)को विरोधमा मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले बुधबार देशव्यापी बन्द आह्वान गरेका हुन् । तर, एमसीसी आजको प्रतिनिधिसभा बैठकमा टेबल गर्ने तयारीका बीच सत्तासिन दलकै जनवर्गीय संगठन र अन्य समूह पनि प्रदर्शनमा उत्रिने भएपछि प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ ।
प्रतिक्रिया